२९ आश्विन २०८३, बिहिबार

भिरबाट लडेर ठहरै

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

solukhumbu_districtसोलुखुम्बु ।  जिल्लाको जुभिङ–७ थामडाँडाका सुमन राईको भिरबाट लडेर मृत्यु भएको छ ।

मंगलबार दिउँसो घरदेखि नजिकै रहेको भिरमा खच्चर लडेको जानकारी पाएर हेर्न गएका राईको पनि भिरबाट लडेर मुत्यु भएको प्रहरीले जनाएको छ ।

लडेको खच्चर हेर्न गएका राई हराएपछि लडेको अनुमान गरिएको भए पनि लगातारको वर्षाका कारण बुधबारे भिरमा खोज्न सकिएको थिएन । वर्षा रोकिएपछि खोजी गर्दा उनलाई मृत अवस्थामा भेटिएको स्थानीय शिक्षक तिलक रानामगरले जानकारी दिनुभयो ।

घटनाबारे स्थलगत मुचुल्का तयार गरी शव आफन्तलाई बुझाएको खरिखोला प्रहरी चौकीले जनाएको छ ।