मोरङ । खाना पकाउने ग्यास लिक भएर बुधबार साँझ मोरङको रंगेली–९ एक घरमा आगलागी हुँदा ४० लाख बराबरको धनमाल क्षति भएको छ ।
स्थानीय मनोहर शाहको घरमा साँझ ५ बजे खाना पकाउने ग्यास लिक भएर सल्केको आगोले भाँडाकुँडा, लत्ताकपडा र गरगहना जल्दा ४० लाख बराबरको क्षति भएको इलाका प्रहरी कार्यालय रंगेलीले जनाएको छ ।
आगो स्थानीय नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासीको सहयोगमा नियन्त्रणमा आएको इप्रका रंगेलीका निरीक्षक माधव काफलेले बताउनुभयो ।
















प्रतिक्रिया