विराटनगर । पूर्वाञ्चल क्षेत्रमा जेठ महिनाको दोस्रो एक हप्ताको अवधिमा ३८ वटा सवारी दुर्घटनाबाट पाँच जनाको मृत्यु भएको छ ।
पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीका अनुसार जेठ महिनाको ७ गतेदेखि १३ गतेसम्मको अवधिमा भएको उक्त दुर्घटनाबाट ७० जना घाइते भएका छन् । सवारी चालकको लापर्बाही, सडकको खराब अवस्था एवम् यान्त्रिक गडबडीका कारण उक्त दुर्घटना भएको हो ।
यस्तै सोही अवधिमा सवारी नियम उल्लङ्घन गर्ने पाँच हजार ९७९ जना सवारी चालक एवम् धनीलाई कारबाही गरी जरिवानाबापत रु १५ लाख १० हजार ४५० राजस्व सङ्कलन गरिएको छ ।
कार्यालयले दुर्घटना न्यूनीकरण गर्न जनचेतना अभियानअन्तर्गत सवारी चालकलाई ट्राफिक नियमको ज्ञान दिनुका साथै ट्राफिक नियमसम्बन्धी जानकारीका लागि पर्चा, पम्पलेट र माइकिङसमेत गरेको छ ।













प्रतिक्रिया