२९ आश्विन २०८३, बिहिबार

फेरि फुटने भयो फोरम नेपाल

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Upendra Yadavकाठमाडौ । स्थापना देखि ७ पटक सम्म फुटिसकेको फोरम नेपाल फेरि फुटको संघारमा पुगेको छ ।

मधेशी अन्य दलहरु एकताको प्रयास गरिरहेका फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवलेआफनो पार्टीलाई समेत जोगाउन नसकेको आरोप लागेको छ ।

अध्यक्ष यादवले पार्टीलाई एकलौटी ढंगले आथिर्क उपार्जनको माध्यम बनाउन खोजेको भन्दै १६ जना केन्द्रिय सदस्यहरुले बिद्रोह गरेका छन् ।

विद्रोह थाम्न यादवले विद्रोही समूहका चार जनालाई कारवाही गरेर केन्द्रिय कार्य समिति पुनर्गठन गरे पनि अशन्तुष्टि थप चुलिएको छ । यादव बाहेक पार्टीका एकमात्र प्रत्यक्ष निर्वाचित सभासद अभिशेष प्रताप शाहले समेत अध्यक्षको कार्यशैली निरंकुश भएको भन्दै पार्टी काम छाडेर संविधान निर्माणमा मात्रै केन्द्रित हुन घोषणा गरेका छन् ।

फोरम नेपालमा समानुपातिक सभासद छनौटको बेला देखिनै विवाद चकिर्एको थियो ।

अध्यक्ष यादवले जेठ ६ गते बरिष्ठ नेता यादव सहित अर्जुन थापा, रामचन्द्र राय यादव, अमरेशनारायण झा, अभिशेष प्रताप शाह र बिनिता यादवलाई केन्द्रिय कार्य समितिबाट हटाएका थिए । उनको प्रयासमा केन्द्रिय समितिनै बाधक बनेपछि रामचन्द्र र अभिशेषलाई केन्द्रिय समितिमा राखी अन्य १२ जना नयाँ सदस्य थपेर सुबिधाजनक बहुमत पुरयाएका छन् ।

भरत विमलले पार्टी छाडे पनि अरु नेताले छाडेको छैनन् । रामचन्द्र राय यादव र अभिशेष प्रताप साहले मध्यस्थकर्ताका रुपमा यादव र अशन्तुष्ट नेताहरुबीच वार्ता गराउने प्रयास जारी राखेका छन्