२९ आश्विन २०८३, बिहिबार

काँग्रेसद्वारा निजामती कर्मचारी युनियनका पदाधिकारीलाई सम्मान

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Congress

काठमाडौ । नेपाली काँग्रेसले नेपाल निजामती कर्मचारी युनियनको केन्द्रीय समितिका नवनिर्वाचित पदाधिकारी एवम् केन्द्रीय सदस्यहरुलाई सम्मान गरेको छ ।

युनियनको व्यवस्थापिका–संसद् सचिवालयको संयोजनमा काँग्रेस संसदीय दल कार्यालयमा आयोजित कार्यक्रममा युनियनका अध्यक्ष सुबोध देवकोटा, वरिष्ठ उपाध्यक्ष गोपालप्रसाद पोखरेलसहितका नवनिर्वाचित केन्द्रीय समितिका सदस्यहरुलाई सम्मान गरियो ।

सो अवसरमा नेपाली काँग्रेस संगठन विभाग प्रमुख एवम् केन्द्रीय सदस्य आनन्द ढुंगाना र प्रशासन विभाग प्रमुख कमला पन्तले युनियनका पदाधिकारीलाई खादा ओढाएर सम्मान गर्नुभएको थियो ।

कार्यक्रममा केन्द्रीय सदस्य ढुंगानाले युनियन ४० हजार सदस्यको पार्टीले अभिलेख राख्ने र सोअनुसार उनीहरुको सहयोग पनि लिने बताउनुभयो ।

केन्द्रीय सदस्य बद्री पाण्डेले कर्मचारीको सरवा बढुवा मात्र नभएर उनीहरुको प्रशासनिक र व्यवस्थापकीय योग्यताको पार्टीले उपयोग गर्नु जरुरी रहेको बताउनुभयो ।

कार्यक्रममा सभासद्हरु शारदा पौडेल, सुजाता परियार र रत्न शेरचनले कर्मचारीहरुको शक्ति, क्षमता र योग्यतालाई पार्टीले उचित कदर गर्नुपर्ने बताउनुभयो ।

युनियनका अध्यक्ष सुबोध देवकोटाले विकास निर्माण व्यवस्थापन र प्रशासकीय निकायमा रहेको कर्मचारीहरुको योग्यता र शक्तिलाई पार्टीले उपयोग गर्न नसकेको गुनासो गर्नुभयो ।