२९ आश्विन २०८३, बिहिबार

‘रुकुमलाई दुई वटा नगरपालिका चाहियो’

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

rukum_district_Map

रुकुम । रुकुममा दुईवटा नगरपालिका घोषणाको माग गरिएको छ । केही समयअघि सरकारले गरेको नगरपालिका घोषणामा रुकुमलाई छुटाएको भन्दै जिल्लामा दुईवटा नगरपालिका घोषणाका लागि नगर क्षेत्र निर्धारण तथा सिफारिस समितिले सरकारसँग माग गरेको हो ।

सदरमुकाम खलंगा गाविस र साँख गाविस समेटेर मुसिकोट नगरपालिका तथा विजयश्वरी गाविस र कोटजहारी गाविस समेटेर चौरजहारी नगरपालिका बनाउनुपर्ने जिल्लावासीको माग छ । नगर क्षेत्र निर्धारण तथा सिफारिस समितिले तत्काल नगरपालिका घोषणाका लागि प्रक्रिया थाल्न भन्दै सामान्य प्रशासन मन्त्रालयमा सिफारिसका साथै मागपत्र पनि पठाएको छ ।

नगर क्षेत्र निर्धारण तथा सिफारिस समितिका अध्यक्ष एवम् स्थानीय विकास अधिकारी भरतकुमार शर्माले नगरपालिका निर्माणका लागि न्यूनतम भौतिक पूर्वाधार तथा जनसंख्या पूरा भएकाले नगरपालिका घोषणाका लागि सिफारिस गरिएको बताउनुभयो ।