काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (नेपाल) को अध्यक्षमा कमल थापा पुनः निर्वाचित भएका छन् । थापाले आफ्ना प्रतिद्वन्द्वी पदमशुन्दर लावतीलाई भारीमतले पराजित गरेका हुन् ।
मंगलबार मध्यराति सम्पन्न मत परिणाम अनुसार थापाले १५ सय ४२ मत ल्याएका थिए । अध्यक्ष पदका अर्का प्रत्यासी लावतीले १ सय ६८ मत मात्रै पाएको निर्वाचन समितिले जनाएको छ ।
प्रमथ महाधिवेशनले अध्यक्षसहित ६३ सदस्यको नयाँ कार्यसमिति चयन गरेको हो । ६३ केन्द्रीय सदस्यका लागि २ सय ३९ जनाको उम्मेदवारी परेको थियो । अन्य केही सदस्य अध्यक्षले मनोनयन गर्ने विधानमा उल्लेख छ ।
खुल्लातर्फको ३३ सदस्सीय केन्द्रीय समितिमा धवलशम्शेर राणा, राजेन्द्र लिङ्देन, चन्द्रबहादुर गुरुङ, भाष्कर भद्रा, मोहन श्रेष्ठ, तारानाथ लुइंटेल, दीपकबहादुर सिंह, भक्ति सिटौला, राजाराम बर्तौला, बिक्रमबहादुर थापा, गोविन्द खनियाँ, सुशील श्रेष्ठ, भरतमणि जंगम, दिलविकास राजभण्डारी निर्वाचित भएका छन् ।
त्यसै गरी राजीव पराजुली, विष्णु भट्टराई, रेशम लामा, मनोज प्रधान, श्यामबहादुर शाही, उद्धव थापा, राजाराम श्रेष्ठ, रामबहादुर शाह, मनोज मल्ल, केदार कोइराला, निरञ्जन थापा, पदम ठकुराठी, भूपाल किराँती, जयन्त खनाल, सगुनसुन्दर लावती, विराज बिष्ट र इन्द्र चित्रकार पनि बिजयी भएका छन् ।
समावेशीतर्फ महिला सदस्यहरूमा मीरा राणा, कुन्ती शाही, जनजातिमा भुजुङ गुरुङ, रविन चाम्लिङ तथा प्रवास तर्फ प्रेम श्रेष्ठ विजयी भएका छन् ।
कर्णालीबाट प्रेमबहादुर शाही, गणेशकुमारी हमाल (निर्बिरोध), दलितमा श्रवणकुमार नेपाली (निर्बिरोध), ऋषिबाबु परियार (निर्बिरोध), मुस्लिममा मदिना खातून (निर्बिरोध) केन्द्रीय सदस्यमा चयन भएका छन् ।













प्रतिक्रिया