काठमाडौ । नेपाल समाचारपत्र दैनिकका सम्पादक एवं नेपाल टेलभिजन संचालक समितिका सदस्य टंक पन्त उत्कुष्ट युवा पत्रकारिता पुरस्कारबाट सम्मानित हुनुभएको छ ।
युवाहरुको साझा नेटबर्क राष्ट्रिय युवा सञ्जालले उत्कुष्ट युवा पत्रकारिता पुरस्कारबाट पन्तलाई पुरस्कृत गरेको हो ।
युवा तथा खेलकुद मन्त्री पुरुषोत्तम पौडेलले सम्मानपत्र र नगद पुरस्कार प्रदान गर्र्दे पत्रकारिता क्षेत्रमा सम्पादक पन्तले दुई दशक देखि पु¥याउनुभएको योगदान अनुकरणीय रहेको बताउनुभयो ।
पुरस्कृत पन्तले यो पुरस्कारले आफूलाइ यो क्षेत्रमा लागेर मुलुकको समृद्धिका लागि आगामी दिनमा थप उत्साहित र सक्रिय बनाउने उल्लेख गर्नुभएको छ ।














प्रतिक्रिया