२८ आश्विन २०८३, बुधबार

क्यानको भ्रष्टाचार बारे चाडै बाहिर आउछ : प्रमुख आयुृक्त

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

lokmansing काठमाडौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीले क्रिकेट एशोसिएसन अफ नेपाल क्यानभित्रको भ्रष्टाचारबारे चाँडै थाहा हुने बताउनुभएको छ ।

राष्ट्रि कराँते महासंघले काठमाडौंमा गरेको कार्यक्रममा प्रमुख आयुक्त कार्कीले क्यानमा भएको भ्रष्टाचारको छानविन अन्तिम चरणमा पुगेको भन्दै चाँडै यसबारे यथार्थ बाहिर आउने खुलासा गर्नुभएको हो ।

क्यानले लामो समयसम्म खेलाडीलाई तलब नदिएको, आइसिसी लगायत निकायबाट प्राप्त रकम पारदर्शी नभएको लगायत मुद्दा उठाएर राष्ट्रिय टीमका खेलाडीले आन्दोलन गरेपछि अख्तियारले क्यानबारे छानबिन गरिरहेको छ । अख्तियारले क्यानका पदाधिकारीलाई पालैपालो अख्तियारमा बोलाएर बयान लिएको थियो ।

प्रमुख आयुक्त कार्कीले अख्तियारले अरु खेलकुद संघभित्रका भ्रष्टाचारलाई पनि नछोड्ने भन्दै कुनैपनि संघमा भइरहेको भ्रष्टाचारबारे जानकारी पाए अख्तियारलाई खबर गर्न आग्रह गर्नुभयो ।