डोटीे । मानवअधिकारवादी संस्था ईन्सेकसँग आवद्ध लवदेभ भट्टलाई आर्थिक अनियमितताको आरोप लागेको छ ।
डोटी स्थित ईन्सेक बर्ष पुस्तक जिल्ला प्रतिनिधि रहनु भएका भट्टले जिल्ला प्रहरी कार्यालय डोटी अन्तरगत महिला तथा बालबालिका सेवा केन्द्रले जिल्लाका बिभिन्न स्थानमा आयोजना गरेको सचेतना मुलक कार्यक्रममा खर्च गर्नु पर्ने रकम लक्षित समुदायमा खर्च नगरी अनियमितता गरेको बताईएको छ ।
महिला तथा बालबालिका सेवा केन्द्रका अध्यक्ष समेत रहनु भएका भट्टले आफलाईु दिनु पर्ने रकम नदिएको डोटीको भनि दिपायल सिलगढी नगरपालिकाको वागठाटा र तिजाली गाबिस आयोजना गरिएको सचेतना मुलक कार्यक्रममका सहभागीहरुले जिल्ला प्रहरी कार्यालय डोटीमा जानकारी दिए पछि अनियमितताको रहस्य बाहिर आएको हो । दिपायल सिलगढी नगरपालिकामा गत माघ १४ गते र तिजाली गाबिसमा गत फागुन १९ गते सचेतना मुलक कार्यक्रमको आयोजना गरिएको थियो ।
भट्टले जिल्ला प्रहरी कार्यालय डोटीका एस पि तथा महिला बालबालिका सेवा केन्द्रका सदस्य सचिव भोजजंग शाह समक्ष आफ्नो गल्ती स्वीकार गरिसकेका छन् ।
आर्थिक हिसाव किताबको बारेमा केन्द्रका अन्य पदाधिकारीहरुलाई समेत जानकारी नभएको पाईएको छ । केन्द्रकी उपाध्यक्ष शारदा भट्ट र सदस्य सुवास नेपालीले क्रियाकलाप संचालन गर्दा के कति रकम खर्च गरिन्छ भन्ने बारेमा समेत छलफल नहुने गरेको बताउनुभयो ।
लवदेभ भट्ट प्रेस युनियन डोटीका उपाध्यक्ष हुन । सेवा केन्द्रका सदस्य सचिव तथा जिल्ला प्रहरी कार्यालय डोटीका एसपि भोज जंग शाहका अनुसार सेवा केन्द्रमा भएको आर्थिक अनियमितताको बारेमा ब्यापक आलोचना हुन थाले पछि बैठक बोलाई के कति रकम अनियमितता भएको हो प्रस्ट जानकारी गराईने छ ।













प्रतिक्रिया