३० आश्विन २०८३, शुक्रबार

निर्देशकलाई यौन दुराचारको आरोप !

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Shiva-BK

काठमाडौं। म्युजिक भिडियोमा व्यस्त युवा निर्देशक शिव विकलाई यौन दुराचारको आरोप लागेको छ। लोक, आधुनिक र फिल्मका गीतमा समेत निर्देशनको अनुभव संगाली सकेका बिकले म्युजिक भिडियोमा अभिनय गर्न आएकी एक युवतीलाई कार्यालयमै जबर्जस्ती गरेको आरोप लागेको हो।

ती युवतीले निर्देशकले आफुलाई पुतलीसडकस्थित कार्यालयमा फोटोसुट गर्नुछ भन्दै बोलाएर चियामा लठ्याउने औषधि राखेर दिएको दाबी गरेकी छन्। आफुले प्लाष्टिकको ग्लासमा बाहिरैबाट औषधि देखेको त्यो नखाएको र चिया उल्टै निर्देशकले खाएर लठ्ठिएको उनको भनाईलाई उदृत गर्दै नेपाली डटकमले खबर प्रकाशित गरेको छ। केही म्युजिक भिडियोमा समेत काम गरिसकेकी ती युवतीले आफुलाई बिकले धेरै समय अघिदेखि नै पछयाइरहेको जनाईन्।

यता निर्देशक विकले आफु माथि लागेको आरोप झुटो भएको दाबी गरेका छन्। विगत १७ वर्षदेखि निर्देशकका रुपमा कार्यरत उनले आफ्नो गाली बेइज्जती गर्न केही मान्छे पछि लागेको जनाउँदै आफु माथिको आरोप पूर्व नियोजित भएको बताए। ती युवतीसँग आफुले कार्यालयमा विहानी समयमा भेटेर दिउँसो फोटोसुट गरेको जनाए।