३० आश्विन २०८३, शुक्रबार

राप्रपा नेपालको अधिवेशन: अध्यक्षमा कमल थापालाई लावतीको टक्कर

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

RPP-Nepalकाठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालको केन्द्रीय कार्यसमिति अध्यक्षमा वर्तमान अध्यक्ष कमल थापा र सहअध्यक्ष पदमसुन्दर लावतीको उम्मेदवारी मनोनयन दर्ता भएको छ ।

केन्द्रीय सदस्यका लागि भने २३९ जनाको मनोनयन दर्ता भएको छ । हालको ४५ सदस्यीय कार्यसमितिलाई विधान संशोधन समितिले संशोधन गरी १२७ पुर्‍याएको छ । सो समितिले एक अध्यक्ष र ५० प्रतिशत सदस्यको निर्वाचनको व्यवस्था गरेको छ । त्यस्तै दलित जनजाति, मधेसी, मुसलमान, पिछडिएका वर्ग, सीमान्तकृतलगायतलाई आरक्षणको व्यवस्था गरिएको छ ।

निर्वाचन प्रक्रिया मंगलबार बिहान ८ बजेदेखि सुरु हुने सहमहामन्त्री राजाराम श्रेष्ठले जानकारी दिनुभयो । अध्यक्ष कमल थापाले अघिल्लो दिन प्रस्तुत गरेको राजनीतिक कार्यपत्रमा सहभागी प्रतिनिधिले समसामयिक राजनीतिक विश्लेषण तथा भावी कार्यदिशाका बारेमा छलफल गरिरहेका छन् ।

यही जेठ १० देखि सुरु भएको पार्टीको प्रथम महाधिवेशन मंगलबारसम्म चल्नेछ ।