काठमाडौं । एकीकृत नेकपा माओवादीको स्थायी समितिमा अध्यक्ष पुष्पकमल दाहालको एकलौटी भएको छ ।
केहीबेर अघि सकिएको मतगणनाले स्थायी समितिमा प्रचण्ड पक्ष हाबी भएको देखाएको छ ।
स्थायी समितिमा निर्वाचित हुनेमा बाबुराम भट्टराई, नारायणकाजी श्रेष्ठ, पोष्टबहादुर बोगटी, कृष्णबहादुर महरा, गिरीराजमणि पोखरेल, अग्नी सापकोटा, देवेन्द्र पौडेल, हरिबोल गजुरेल, लोकेन्द्र विष्टमगर, टोपबहादुर रायमाझी, शक्ति बस्नेत, जनार्दन शर्मा, चक्रपाणि खनाल, नन्दबहादुर पुन, गोपाल किराती विजयी भएका छन् ।
रामचन्द्र झा स्थायी समितिमा अटाएनन् । बाबुराम पक्षबाट उनीसहित देवेन्द्र पौडेल र टोपबहादुर रायमाझीले मात्र चुनाव जितेका छन् ।
नारायणकाजी समूहबाट भने उनी बाहेक गिरिराजमणि पोखरेलले मात्र जितेका छन् ।
बाबुराम, नारायणकाजी, पोष्टबहादुर, कृष्णबहादुर महरा र गिरिराजमणिबाहेक अन्य सबै स्थायी समितिमा नयाँ अनुहार हुन् । शक्ति बस्नेत, जनार्दन शर्मा र नन्दबहादुर पुन जस्ता युवा नेता समेत स्थायी समितिमा बढुवा हुने मौका पाएका छन् । पुरानो स्थायी समितिका दिनानाथ शर्मा, लीलामणि पोखरेल पराजित भएका छन् ।
मतपरिणाम यस्तो छ :
बाबुराम भट्टराई – ९९
नारायणकाजी श्रेष्ठ – ८६
पोष्टबहादुर बोगटी– १०३
कृष्णबहादुर महरा– ९०
गीरीराजमणी पोखरेल– ७८
अग्नी सापकोटा– ८४
बर्षमान पुन – ९४
टोपबहादुर रायमाझी – ७०
देवेन्द्र पौडेल–६५
हरिबोल गजुरेल–८८
लोकेन्द्र विष्टमगर–८२
शक्ती बस्नेत–८२
जनार्दन शर्मा–९२
चक्रपाणी खनाल–६६
नन्दबहादुर पुन –६७
गोपाल किराती–६२
पुरानो स्थायी समितिका दिनानाथ शर्मा, लीलामणि पोखरेल पराजित भएका छन् ।
बाबुराम भट्टराई – ९९
नारायणकाजी श्रेष्ठ – ८६
पोष्टबहादुर बोगटी– १०३
कृष्णबहादुर महरा– ९०
गीरीराजमणी पोखरेल– ७८
अग्नी सापकोटा– ८४
बर्षमान पुन – ९४
टोपबहादुर रायमाझी – ७०
देवेन्द्र पौडेल–६५
हरिबोल गजुरेल–८८
लोकेन्द्र विष्टमगर–८२
शक्ती बस्नेत–८२
जनार्दन शर्मा–९२
चक्रपाणी खनाल–६६
नन्दबहादुर पुन –६७
गोपाल किराती–६२
– See more at: http://kathmandutoday.com/2014/05/42575.html#sthash.PymuCgeq.dpuf













प्रतिक्रिया