३० आश्विन २०८३, शुक्रबार

प्रधानमन्त्री दिल्ली प्रस्थान

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

koiralaकाठमाडौं । प्रधानमन्त्री सुशील कोइराला भारतका नवनिर्वाचित प्रधानमन्त्री नरेन्द्र मोदीको सपथ ग्रहण समारोहमा भाग लिन सोमवार भारत प्रस्थान गर्नुभएको छ ।

प्रप्रधानमन्त्री सुशील कोइराला १३ सदस्यीय टोलीको नेतृत्व गर्दै नयाँ दिल्लीतर्फ प्रस्थान गुर्न भएको हो ।
प्रधानमन्त्रीका प्रेस संयोजक प्रकाश अधिकारीका अनुसार कोइराला ९ डब्लु २६३ र जेएआइ २६३ कल साइनको बोइङ बी ३७८ नम्बरको जेट एयरवेजको फलाइटबाट दिल्ली प्रस्थान गर्नुभएको हो ।
प्रधानमन्त्री नयाँ दिल्ली स्थित इन्दिरा गान्धी अन्तराष्ट्रिय विमानस्थलमा अवतरण हुनुहुनेछ  ।
तीन दिने भारत बसाइमा नेपाल–भारत सम्बन्ध राजनीतिक तहमा पुर्याउनु उहाँको मुख्य चुनौती हुनेछ । दुई देशबीच फेरि ”राजनीतिक वार्ता” थाल्ने सोमबार पत्रकारहरुलाई बताउनुभएको थियो ।    कोइरालाले दिल्लीमा रहँदा नवनिर्वाचित भारतीय प्रधानमन्त्री मोदीलाई नेपाल भम्रणको निम्तो दिनुहुनेछ ।
कोइराला सोमवार साँझ मोदीको शपथ समारोहमा सहभागी हुनेछन् भ्रमणको क्रममा कोइरालाले नवनिर्वाचित प्रधानमन्त्री मोदी, राष्ट्रपति प्रवणव मुखर्जी, भारतीय जनता पार्टीका अध्यक्ष राजनाथ सिंह, भारतीय राष्ट्रिय कांग्रेसकी अध्यक्ष सोनिया गान्धीसँग भेट्ने कार्यक्रम रहेको छ ।