३० आश्विन २०८३, शुक्रबार

गृहमन्त्रीले नै ट्राफिक नियमको धज्जी उडाएपछि…

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Naya-patrika-Bamdev

काठमाडौं । ट्राफिक नियम पालना गर्न ट्राफिक प्रहरीले बिहानैदेखि सवारी चालक र सर्वसाधारणलाई सडकमा उपस्थित भएर नियम सिकाइरहेको हुन्छ । साथै ट्राफिक नियम सिकाउन विभिन्न विद्यालयमा अध्ययनरत छात्रछात्राहरु पनि सडकमा उभिएर बाटो जेभ्राक्रसबाट मात्र काट्ने, आकाशे पुलको प्रयोग गर्ने भनेर सिकाइरहेका हुन्छन् । तर, कानुनको संरक्षक रहेका उपप्रधान तथा गृहमन्त्री वामदेव गौतमले भने जेब्राक्रस र आकाशेपुल केही नहेरी डोरी नाघेरै सडक पार गरे ।

आइतबार बिहान साढे ११ जबे वीर अस्पतालतर्फबाट हुइँकिँदै आएका मन्त्री गौतम र सुरक्षाकर्मीका गाडी रत्नपार्कको बीचसडकमै झ्याप्पै रोकिए । ट्राफिक जाम गराएर गृहमन्त्री ओर्लिए । उनले न आकाशे पुलतर्फ हेरे न जेब्राक्रस सोझै डोरी नाघेर शान्तिबाटिकातिर लागे । गृहमन्त्रीले यसरी बाटो काट्दा सर्वसाधारण भने हेरेको हेर्‍यै भएका थिए ।

सोही बाटोमा डोरी नाघेर तथा जेब्राक्रस नभएको ठाउँबाट बाटो काटेमा सर्वसाधारणलाई ट्राफिक प्रहरीले सडकमै बनाएको अस्थायी हिरासतमा एकघन्टा थुन्छ, उठबस गराउँछ र जरिवानासमेत गराएर छाडिदिन्छ । तर, कानुनका संरक्षक गृहमन्त्री वामदेव गौतमले दौरा सुरुवाल लगाएरै डोरी नाघे, नियम कानुन कालो बुटले कुल्चिएर हिँडेको नयाँ पत्रिकामा खबर छ ।