३० आश्विन २०८३, शुक्रबार

आठ न्यायाधीशको संसदीय सुनुवाई सकियो, आज अन्तिम निर्णय

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Supremme-Court

काठमाडौं । सर्वोच्च अदालतको स्थायी न्यायाधीशका लागि सिफारिस गरेका आठ न्यायाधीशको संसदीय सुनुवाई सकिएको छ ।

सुनुवाइका विषयमा अन्तिम निर्णय लिन आज विशेष समितिको बैठक बस्दैछ । हिजो एकै दिन चारजनाको सनुवाई भएको थियो । गत बुधवार उजुरीकर्ताहरुसँग बयान लिएको समितिले शुक्रवारदेखि प्रस्तावित न्यायधीशको सुनुवाई गरेको हो । शनिवार समितिले प्रस्तावित न्यायाधीश दीपकराज जोशी र गोविन्दकुमार उपाध्यायको सुनुवाई पुरा गरेको छ ।

संसदिय सुनुवाइका लागि ३५ दिनको म्याद रहेकाले भोलिसम्म समितिले निर्णय गरिसम्नुपर्ने हुन्छ । सिफारिस भएका व्यक्तिका विषयमा भोलिसम्ममा कुनै पनि निर्णय नभए उनीहरु स्वतः सर्वोच्चको न्याधिसमा नियुक्त हुन सक्ने कानुनी व्यवस्था छ । तर निर्णय बदर गर्न दुई तिहाइ बहुमत आवश्यक पर्छ । सनुवाई समितिको बैठक आज दिउँसो २ बजे बोलाइएको छ ।