३० आश्विन २०८३, शुक्रबार

मलेसियामा फेरि चार नेपाली कुटिए, नेपालीहरु काम छाडेर आन्दोलनमा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Nepali-worker-Malaysia1

अर्जुन काफ्ले

मलेसिया । कामका लागि होस्टलवाट कम्पनी हिँडेका एक नेपाली स्थानीयवासीको कुटपिटबाट घाइते बनेपछि मलेसियामा नेपाली श्रमिकहरु आन्दोलित भएका छन् ।

नेपाली श्रमिकले पोटकेलाङ्गको एक कम्पनीमा सुरक्षा माग गर्दै बिहीवार घेराउ गरेका छन् । स्थानीय इलोनेटिक्स कम्पनीमा कार्यरत मोरङ्गका नविन कार्की, कुमार खवास, धनुषाका कुमार मुखिया र सर्लाहीका मनोजराज यादव स्थानियको कुटपिटबाट घाइते वनेका हुन । स्थानियको कुटपिटवाट घाइते चार जनाको अहिले केलाङ्ग अस्पतालमा उपचार भइरहेको छ ।

उनीहरुलाइ स्थानिय तामिलमुलका युवाले लुटने प्रयास गरेको र तिनै लुटेरा समूहले कुटपिट गरेको पीडित यादवले वताएका छन् । मलेसियामा लुटिने खवर नयाँ नभएपनि सुरक्षाका लागि कम्पनी र प्रशाशनले केही गर्न नसकेको पीडित मजदुरले वताउँदै आएका छन् ।

Nepali-worker-Malaysia

श्रमिकहरुले आउजाउ गर्न कम्पनीले बस उपलव्ध गराउनु पर्ने माग गरेका छन् । मलेसियामा काम गर्ने विदेशी कामदारको मुख्य समस्या सुरक्षा भएको भन्दै पटकपटक आवाज उठे पनि यसको बारेमा सम्बन्धित निकायले ध्यान नपु¥याउँदा नेपाली कामदार पीडित वन्दै आइरहेका छन् ।