काठमाडौं । रौतहट, धर्मपुर–३ का सन्तोष साह एक महिनाअघि साउदी अरब जाने टिकट बुझ्न गएका थिए। त्यतिबेला मूल्य २८ हजार रुपैयाँ थियो।
तीन दिनअघि अन्तिम श्रमस्वीकृति लिएर उनी टिकट किन्न गए। तर, मूल्य सुनेरै झस्किए। एक महिनाकै बीचमा टिकटको मूल्य ४५ हजार पुगिसकेछ। उनले मूल्य घट्ने आशमा साउदी जाने मिति नै एक साता सारेका छन्।
यो वैदेशिक रोजगारमा जाने अधिकांशलाई परेको समस्या हो।
एयरलायन्स र ट्राभल एजेन्सीहरूले आपसी मिलेमतो ९कार्टेलिङ० मा मलेसिया र खाडी मुलुकजस्ता प्रमुख रोजगार गन्तव्यका लागि सस्तो मूल्यको हवाई टिकट महँगोमा बेच्ने गरेका छन्।
एयर एसिया, मलेसियन एयरलायन्स, नेपाल एयरलायन्स, कतार एयरवेज, एयर अरेबिया, विमान बंगलादेश, युनाइटेड एयरवेज, थाई एयरवेज लगायतले मलेसिया, कतार, साउदी अरबजस्ता प्रमुख रोजगार गन्तव्यका लागि आफ्ना जनरल सेल्स एजेन्ट ९जिएसए० र ट्राभल एजेन्सीसँगको मिलेमतोमा टिकटको मूल्य वृद्धि गराएको म्यानपावर व्यवसायीको आरोप छ।
‘सुरुमा सस्तो टिकट लुकाएर महँगो मात्र देखाइन्छ,’ वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष हंसराज वाग्लेले भने, ‘सस्तो टिकट पहिल्यै बुक भएको देखाएर होल्ड गरिने हुँदा कामदार मर्कामा परिरहेका छन्।’
वैदेशिक रोजगार विभागमा कुन दिन कतिजनाले अन्तिम श्रम स्वीकृति लिन्छन्, त्यसै आधारमा टिकट दर बढाइने गरेको उनले बताए। ‘श्रम स्वीकृतिको संख्या बढेको बेला पारेर सस्तो टिकट छैन भनी महँगो मात्रै देखाउने र त्यसैको पनि माग बढिरहेको भन्दै अझ महँगोमा बेच्ने गरेको पाइन्छ,’ उनले भने।
प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्चका अध्यक्ष टंक राउतले पनि सस्तो टिकट दिने भनेर आएका एयर एसिया, एयर अरेबिया र फ्लाई दुबईको पनि टिकट महँगिएको बताए। उनका अनुसार २२ हजार पर्ने साउदी अरबको टिकटलाई ५५ हजारसम्म र मलेसियाको टिकटलाई ३८ हजारसम्म पुर्याइएको छ।
‘साउदी जान लागेका केही कामदारले टिकट महँगो भएकै कारण फ्लाइट सारिरहेका छन्,’ पिजन इन्टरनेसलनका सञ्चालकसमेत रहेको राउतले भने। नागरिक दैनिकबाट











प्रतिक्रिया