एजेन्सी
लन्डन । कन्ट्री स्टार टेलर स्विफ्ट पछिल्लो केही समयदेखि मोडल तथा गायिका सेलेना गोमेजको निकटतामा छिन् । प्रेमी जस्टिन बिबरसँग हालै अलग्गिएकी सेलेनाको पीडा भुलाउने टेलर अनेक कोशिसमा छन् ।
मनको पीडा हल्का गराउन सेलनालाई उनले आफ्नो प्रेममा बितेको पल गीतमा उतार्न पनि सल्लाह दिएकी छन् ।
‘आइ नो यु वेयर टुबल’बाट चर्चामा आएकी टेलरले आफ्नै बितेको जिन्दगी बाहिर ल्याएर कयौं पटक चर्चा रहन सफल भएकी छिन् । त्यसैले साथी गोमेजलाई पनि उनी यही सल्लाह दिन पछि परिनन् ।
‘ब्युटी एन्ड अ बीट ’का स्टार जस्टिन बिबरको बारेमा केही लेखे चर्चा पनि राम्रै पाउने अनुमान टेलरको छ । टेलरले केही समय लगातार सेलिनाको प्रेम भावनामा गीत लेख्न प्रेरित गरिरहेको जनाएका छन् ।












प्रतिक्रिया