२८ आश्विन २०८३, बुधबार

सुन प्रयोग गर्नेमा चीनले विश्वलाई उछिन्यो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

gold-china3

एजेन्सी

बेइजिङ । विश्वमै सुन खपतमा चीन अगाडि देखिएको छ । आगामी ५ वर्षको अवधिमा त्यहाँ सुन माग २० प्रतिशतले वृद्धि हुने विश्व सुन परिषद्ले जनाएको छ ।

चिनियाँहरूको बढेको समृद्धिका कारण यो धातुको खपतमा वृद्धि भएको हो । आगामी २०१७ सम्ममा चीनमा निजी क्षेत्रबाट हुने सुनको मागमा वृद्धि भई १ हजार ३ सय ५० टन पुग्नेछ । गत वर्ष मात्रै चिनियाँ उपभोक्ताले १ हजार १ सय ३२ टन सुन खरिद गरेको परिषद्ले जनाएको छ ।

गहनाका साथै सुनका ढिक्का र सिक्कामा बढेको लगानीले त्यहाँ सुन खपत बढेको हो । त्यहाँ सुनको खपतले चीनलाई विश्वमै बढी सुन खपतकर्ता मुलुक बनाएको छ ।

gold-china

पहेंलो धातुको बढी खपत गर्नेमा अर्को छिमेकी मुलुकमा भारत रहेको छ । अघिल्लो वर्ष विश्वमै बढी सुन खपत गर्ने मुलुकका रूपमा रहेको भारत गत वर्ष ९ सय ७४ टनको खपतसहित दोस्रो नम्बरमा झरेको छ ।

सुन खपतको तेस्रो नम्बरमा विश्वकै ठूलो अर्थतन्त्र रहेको अमेरिका छ । गत वर्ष अमेरिकाले झन्डै २ सय टन सुन खपत गरेको थियो । चौथो नम्बरमा टर्की छ । विश्वमै तीव्र वृद्धिको अर्थतन्त्रको मुलुक रहेको टर्कीले २०१३ मा १ सय ७५.२ टन सुन खपत गरेको थियो ।

पाँचौं, छैटौँ र सातौँ नम्बरमा क्रमशः संयुक्त अरब इमिरेट्स, रूस र साउदी अरब छन् । यी मुलुकले क्रमशः ७७.१, ७३.३ र ७२.२ टन सुन खपत गरेका थिए ।

आठौं, नवौं र दसौ नम्बरमा भने इन्डोनेसिया, इजिप्ट र बेलायत छन् । यी मुलुकले क्रमशः ६८, ५७.३ र २३.४ टन सुन खपत गरेका छन् ।

gold-china2