धनगढी । सिभिल बैंक लिमिटेडले आफ्नो कार्य क्षेत्र विस्तार गर्ने क्रममा बुधबार धनगढीमा शाखा कार्यालय स्थापना गरेको छ ।
बैंकले सेवाग्राहीलाई प्रविधिको प्रयोग गरी सेवा सुविधा छिटो छरितो दिने, शून्य मौज्दातमा खाता खोल्न सकिने, बाल बचत खाता खोल्ने , सेवाग्राहीलाई मास्टर कार्ड र डेभिड कार्ड उपलब्ध गराउने, मोबाइलमार्फत पनि रकमको भुक्तानी गर्न सकिनेलगायतका सेवा दिने शाखाका प्रबन्धक बसन्त पन्तले बताउनुभयो ।
पछिल्लो एक दशकयता धनगढी क्षेत्रमा निजी क्षेत्रका बैंक तथा वित्तीय संस्थाहरु खुल्ने क्रम बढेसँगै सेवाग्राहीलाई पनि वित्तीय सेवा सुविधा उपयोग गर्न सजिलो भएको छ ।
यसैबीच, सिभिल बैंकले आफ्नो ३७ औं शाखा जनकपुरमा विस्तार गरेको छ ।
जनकपुरको भानुचोकमा खोलिएको शाखाको बैंकका सञ्चालक अमिर बोगटीले उद्घाटन गर्नुभयो ।
बैंकले कृषि क्षेत्रमा प्राथमिकताका साथ लगानी गर्दै आएको सञ्चालक बोगटीले बताउनुभयो । जनकपुर क्षेत्रमा बैंकिङ कारोबारलाई सहजता दिन शाखा स्थापना गरिएको बैंकका वरिष्ठ कार्यकारी अधिकृत गोविन्द गुरुङले बताउनुभयो ।












प्रतिक्रिया