२८ आश्विन २०८३, बुधबार

सिक्स ए साइड फुटबल जेठ दोस्रो सातादेखि

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

footballकाठमाडौं । गंगाहिटी टोली सुधार समिति, चावहिलको आयोजनामा प्रथम सिक्स ए साइड पुरुष फुटबल प्रतियोगिता जेठ २० गतेदेखि हुने भएको छ ।

प्रतियोगितामा ३२ टिमको सहभागिता रहने प्रतियोगिता संयोजक लक्ष्मण श्रेष्ठले जनाएका छन् ।

विजेताले १ लाख ११ हजार १ सय ११ र उपविजेताले ५५ हजार ५ सय ५५ रुपैयाँ प्राप्त गर्नेछन् ।

उत्कृष्ट खेलाडी र अनुशासित टिमलाई समान ७ हजार ५ सय नगद पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।

आयोजकका अनुसार प्रतियोगिता सञ्चालन गर्न करिब ५ लाख खर्च हुनेछ । नकआउट आधारमा हुने प्रतियोगिताको फाइनल जेठ २६ गते हुनेछ ।