काठमाडौ । ऐतिहासिक नेपाली चलचित्र ‘झोला’ सार्क फिल्म महोत्सव २०१४ मा मनोनयनमा परेको छ ।
यही मे २० देखि मे २५ सम्म श्रीलङ्काको कोलम्बोमा आयोजना हुने यस महोत्सवमा चलचित्र झोला भने मे २४ तारिखमा प्रदर्शन हुनेछ ।
नेपाललगायत भारत बंगलादेश, श्रीलङ्का, भुटान, पाकिस्तान र माल्दिसका लामा तथा लघु चलचित्र प्रदर्शन हुने महोत्सवमा नेपालबाट चलचित्र ‘साँधुरो’ पनि मनोनयनमा परेको छ ।
महोत्सवमा सहभागी हुन चलचित्र झोलाका निर्देशक यादवकुमार भट्टराई मंगलबार कोलम्बोतर्फ प्रस्थान गर्नुभयो ।












प्रतिक्रिया