तनहुँ । लक्ष्मी बैंकले तनहुँको सदरमुकाम दमौलीमा आफ्नो शाखा विस्तार गरेको छ ।
दमौलीमा स्थापना गरिएको शाखा बैंकको ३५ औं शाखा हो । दमौलीमा स्थापना गरिएको शाखाको सोमबार लक्ष्मी बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ र तनहुँ उद्योग वाणिज्य संघका अध्यक्ष देवकुमार श्रेष्ठले संयुक्त रुपमा उद्घाटन गरेका छन् । बैंकका प्रमुख कार्यकारी अधिकृत खालिङले देशका विभिन्न क्षेत्रका साना तथा लघु उद्यमीहरुलाई सरल रुपमा कर्जा प्रवाह गर्नुका साथै वित्तीय सेवा तथा सल्लाह प्रदान गरी उनीहरुको व्यवसाय प्रबद्र्धन तथा वित्तीय व्यवस्थापनमा बैंकले सहयोग पुर्याउँदै आएको बताए । सुविधाजनक नयाँ निक्षेप योजनाहरु र विभिन्न आवधिक तथा बचत निक्षेप सेवाहरुका साथै व्यक्तिगत तथा साना व्यवसाय कर्जा सेवाहरु प्रदान गरी व्यक्तिगत तथा साना व्यवसाय बैकिङ्ग सेवाको दायरालाई फराकिलो पार्दै जाने लक्ष्य बैंकले लिएको उनले बताए ।
लक्ष्मी बैंकले ग्राहकको सुविधाका लागि दमौली शाखामा एटिएम सेवा समेत सञ्चालन गरेको छ । दमौलीमा शाखा सञ्चालन पछि बैंकको ३५ शाखा, २ विस्तार काउन्टर र ४९ एटिएम पुगेको बैंकले जनाएको छ । शाखाको विस्तारसँगै बैंकले ग्राहकहरुलाई उनीहरुकै रोजाईको माध्यम अर्थात् शाखा कार्यालय मार्फत् इन्टरनेट बैकिङ सेवा र मोवाइल फोन मार्फत् बैकिङ सेवा प्रदान गरी अर्ध शहरी क्षेत्रमा आफ्नो ब्राण्ड तथा ग्राहक सेवालाई सशक्त पार्ने नीति लिएको छ । बैंकले दमौलीमा शाखा विस्तारको अवसरमा विशेष सुविधा र छुटहरु समेत ल्याएको छ । वार्षिक ९.५ प्रतिशत व्याजदरदेखि कर्जा सुविधा र वार्षिक ६/५ प्रतिशत व्याजमा १ सय दिनको मुद्दति खाता बैंकले उपलब्ध गराएको छ ।
सन् २००२ मा स्थापना भएको बैंकले छोटो इतिहासको बाबजुद पनि रिटेल, कर्पोरेट तथा टे«जरी जस्ता सम्पूर्ण व्यवसायिक सेवाको क्षेत्रमा सेवा पुर्याउँदै आएको बैंकले जनाएको छ । बैंकले करिब ४ सय कर्मचारी मार्फत् देशका २५ वटा शहरहरुमा सेवा पुर्याएको छ । आ।व। ०६९ / ०७० मा २६ अरब निक्षेप र २० अरब कर्जा पुर्याएको बैंकको वासलातको आकार ३० अरब रहेको छ । सोही आ.व.मा बैंकले ८२ करोडको हाराहारीमा सञ्चालन मुनाफा समेत गरेको छ । बैंकको इन्भेष्टमेण्ट बैकिङ सेवा प्रदान गर्ने सहायक कम्पनी ‘लक्ष्मी क्यापिटल मार्केट लि.’ सन् २००९ देखि सञ्चालनमा रहेको छ । त्यस्तै दोस्रो सहायक कम्पनी ‘लक्ष्मी लघुवित्त वित्तीय संस्था लि।’ ले सन् २०१२ को जुन महिनाबाट कारोवार सुरु गरी हाल २२ वटा शाखा मार्फत् लघुवित्त सेवा प्रवाह गरिरहेको जनाएको छ ।












प्रतिक्रिया