२८ आश्विन २०८३, बुधबार

साझा प्रकाशनकी अध्यक्ष झाविरुद्ध मुद्दा दायर

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

aktiyar

काठमाडौ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले साझा प्रकाशनकी निलम्वित अध्यक्ष एवं महाप्रवन्धक ममता झाविरुद्ध विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेको छ ।

झाले साझाका द्वितिय तहमा कार्यरत माधवप्रसाद थपलियालाई आवश्यक न्यूनतम शैक्षिक योग्यता स्नातकतह उत्तिर्ण विना नै अस्थायी सहायक स्तर प्रथम श्रेणीमा नियुक्ति गरेको अख्तियारको आरोप छ । अख्तियारले थपलियाविरुद्ध पनि मुद्दा दायर गरेको छ ।

अभियोग पत्रमा भ्रष्टाचार निवारण ऐनको दफा १७ तथा दफा ३ (१) (घ) बमोजिम कैद तथा दफा ३ (१) बमोजिम विगो ३ लाख ६६ हजार ५ सय ७७ र जरिवाना असुल गरी साझा प्रकाशनलाई दिलाउन माग गरिएको छ । साझाका निलम्बित महाप्रवन्धक झालाई भ्रष्टाचार निवारण ऐनको दफा २४ बमोजिम थप सजाय समेत माग गरिएको छ ।