२८ आश्विन २०८३, बुधबार

दुई बर्षमा फेरि आमा बन्दै काली सुन्दरी ऋचा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

richa-ghimire-pregnant

काठमाडौं । दुई वर्ष अघि छोरालाई जन्मदिएकी नेपाली रजतपटकी काली सुन्दरी अर्थात नायिका ऋचा घिमिरे पुनः आमा बन्ने भएकी छन्। पति शंकर र छोराका साथ हाल अमेरिकामा रहेकी नायिका घिमिरेका अनुसार उनले आगामी मंगलबार नयाँ सन्तानलाई जन्मदिँदैछिन्।

ऋचाले आफ्नो स्वास्थ्यका कारण यही वैशाखमा नेपाल फर्किने योजना रद्ध गर्नुपरेको खुलाईन्। ‘मेरो नयाँ सन्तानको जन्म हुँदैछ, त्यसकारणले पनि डाक्टरले दुई महिना अगाडिदेखि नै कहिँ पनि यात्रा नगर्नु भनेकोले नेपाल आउन पाइएन,’ऋचाले भनिन्,‘फिल्म ‘तुलसी’को अमेरिका र क्यानडामा शो गर्नुपर्ने भएकाले पनि बसाई लम्बिएको हो।’

ऋचाका अनुसार उनको फिल्म क्यानाडाको सफल प्रदर्शन पछि अब अमेरिकाका धेरै स्थानमा प्रदर्शन हुँदैछ। ‘नयाँ सन्तान जन्मिएको चार महिना पछि मात्र हामी नेपाल फर्कदैछौं।’ ऋचाले भनिन्।

फिल्म ‘तुलसी’ मा विमलेश अधिकारी र ऋचाको प्रमुख भूमिकामा अभिनय रहेको छ । शंकर घिमिरेको निर्माण तथा निर्देशनमा बनेको फिल्ममा रञ्जीत गजमेरको संगीत, गोविन्द राई र राजु शाहको नृत्य, सानुकुमार महर्जनको द्वन्द्व, शिव पुरीको सम्पादन र दीपक बज्राचार्यको छायांकन रहेको छ।