२८ आश्विन २०८३, बुधबार

दार्चुलामा चामल किलोको ९० रुपैंया

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

chamal

दार्चुला । खाद्यान्न ढुवानीको भाडादरमा वृद्धि भएपछि दार्चुलाको घुसा खण्डेश्वरीमा खाद्यान्नको मूल्य अकाशिएको छ ।

यार्सागुम्बा टिप्ने समयमा खाद्यान्नको मूल्य वृद्धि हुँदा स्थानीयवासी मार्कामा परेका छन् । अहिले घुसामा मोटो चामलको मूल्य प्रतिकिलो ८० रुपैयाँ पुगेको छ भने घुसा गाविसकै वडा नम्बर १ खायकोटमा प्रतिकिलो ९० रुपैयाँ पर्ने गरेको व्यापारी हर्कसिंह कार्कीले बताउनुभयो ।

लटिनाथको विटुलेबाट भरियाहरुले प्रतिकिलो ४० देखि ५० रुपैयाँसम्म भाडा लिन थालेपछि खाद्यान्नको मूल्य बढेको हो । घुसा गाविसमा तेल प्रतिलिटर २४० रुपैयाँ पुगेको छ भने ढिके नुन ६० रुपैयाँ किलोमा पनि नपाइने भएको कार्कीले बताउनुभयो ।

लटिनाथको विटुलेमा तेल प्रतिलिटर १६० पर्ने गरेको स्थानीय बताउँछन् ।