सोमबार, २७ असोज २०७६
DainikNepal.com
सोमबार, २७ असोज २०७६

नेपाली फिल्मको ५० वर्ष, दरबारदेखि जनतासम्म

दैनिक नेपाल २०७१ जेठ ३ गते ७:२६

Purana Nepali Kalakarकाठमाडौं । हुन त नेपाली भाषामा बनेको पहिलो फिल्म ‘आमाु होइन। २००८ सालतिर भारतको कलकत्तामा बनेको ‘सत्य हरिश्चन्द्रु नामक फिल्म नेपाली भाषामा पनि चलाइएको थियो। तर स्वदेशमा छायांकन गरिएको र स्वदेशी लगानीमा बनेको हुनाले २०२२ सालमा रिलिज भएको ‘आमाुलाई पहिलो नेपाली फिल्म मानिन्छ। ‘आमाुको निर्माण कार्य थालिएको २०२१ सालदेखि गणना गर्ने हो भने नेपाली फिल्म उद्योग अहिले ५० वर्षमा दगुर्दैछ।

अहिले नेपालमा गणतन्त्र आइसकेको छ। वाक स्वतन्त्रतामा कुनै बन्देज छैन। फिल्म क्षेत्रमा नयाँ पिँढीले चाहेजस्तो अभ्यास गर्न पाइरहेका छन्। तर, यस्तो माहौल पहिलो फिल्म ‘आमाु बन्ने जमानामा थिएन।

महेन्द्रको प्रत्यक्ष शासनकालमा राजनीतिक दलहरू प्रतिबन्धित थिए। वाक स्वतन्त्रता थिएन। त्यतिबेला नेपाली फिल्म निर्माण गर्नुको उद्देश्य जनताको शिक्षा र चेतनास्तर बढाउनु थिएन। स्वच्छ मनोरञ्जन दिलाउन फिल्म सामग्री निर्माण गरिने भनेर शाही नेपाल चलचित्र संस्थानले नीति लिएको थियो।

त्यसैले नेपाली फिल्ममा विदेशका विभिन्न राजनीतिक उथलपुथलको कुनै प्रभाव पर्ने सवाल थिएन। त्यतिबेला फिल्म निर्माण संयन्त्र दरबारकै नियन्त्रणमा थियो। दरबारका आदर्श र नीतिहरूलाई जनतामाझ पुर्‍याउन फिल्म तथा वृत्तचित्र निर्माण गरिन्थ्यो।

फिल्मलाई कलात्मक अभिव्यक्तिको माध्यमका रूपमा स्थापित गर्नुको सट्टा प्रचारसामग्रीमै सीमित गरिएको थियो। त्यसैले नेपाली साहित्यमा इन्द्रबहादुर राई, वैरागी काइँला र ईश्वरवल्लभहरूले २०२० को दशकमा चलाइरहेको आयामेली अभियानले फिल्मलाई कतैबाट पनि छुन सकेन।

‘आमा’ रिलिज भएको वर्ष २०२२ सालमै पारिजातले ‘शिरीषको फूलु उपन्यास लेखेर मदन पुरस्कार जितेकी थिइन्। अन्तर्राष्ट्रिय साहित्यमा चलेका विभिन्न वाद र प्रवृत्तिलाई नेपाली स्रष्टाहरूले भियाइसकेका थिए। बालकृष्ण समले विलियम सेक्सपियर र गोपालप्रसाद रिमालले हेनरिक इब्सनको प्रभाव ग्रहण गरी नाटक रच्न थालेका थिए। राजनीतिक उथलपुथलको भोगाइले नेपाली साहित्यमा नयाँनयाँ मोड र प्रयोगलाई हौस्याउँदै गयो। नेपाली साहित्यकारहरू विश्व साहित्य र अन्तर्राष्ट्रिय राजनीतिको रुझानमा पर्दै आफूलाई परिपक्व बनाउँदै गए।

साहित्यमा जस्तै नेपाली फिल्मकर्मीले आफ्नो अभिव्यक्तिलाई कलात्मक बनाउन मिहिनेत गरेको देखिँदैन।

भारतबाट नेपाली मूलका फिल्म निर्देशक हिरासिंह खत्री झिकाई राजा महेन्द्रले २०२१ सालमा आमाको काम सुरु गराएका थिए। त्यसअघि खत्रीकै निर्देशनमा २०१८ सालमा ‘श्री ५ महेन्द्रको बयालिसौं शुभजन्मोत्सवु नामक डकुमेन्ट्री बनिसकेको थियो। जसलाई गाउँगाउँमा लगेर देखाइयो।

‘आमाुपछि सरकारी लगानीमै खत्रीले ‘हिजो आज भोलिु र ‘परिवर्तनु फिल्म बनाए। यी तीनवटै फिल्ममा बदिलँदो परिस्थितिअनुसार पञ्चायत शासन आधुनिक र सान्दर्भिक रहेको आसय प्रस्ट्याइएको थियो। त्यतिखेर हलमा फिल्म प्रदर्शन गर्नुअघि राजपरिवार संलग्न भएका विभिन्न फुटेज पनि देखाइन्थ्यो।

जन्मिँदै कसैको बोली फुट्दैन। तर, नेपाली फिल्मको फुट्यो। अर्थात् जतिखेर नेपाली फिल्मको निर्माण थालनी भयो, त्यतिबेला फिल्ममा ध्वनिको प्रवेश भइसकेको थियो। त्यसैले नेपालको पहिलो फिल्म नै ध्वनिसहितको बन्न पुग्यो। भारतमा भने सन् १९३१ मा पहिलो साउन्ड फिल्म ‘आलम आराु बन्नुअघि १ हजार ३ सयभन्दा बढी साइलेन्ट फिल्म बनिसकेका थिए।

साइलेन्ट फिल्ममा दर्शकलाई संवादबिनाका दृश्यबाटै कथा बुझाउनुपर्ने बाध्यता हुन्थ्यो। यसका लागि फिल्मकर्मीले विभिन्न विम्ब र दृश्य भाषाको निर्माण गरेका थिए। रुसी फिल्मकर्मी सर्गेइ आइजेन्स्टाइनले रचना गरेको विशेष शैलीको सम्पादन ‘मोन्टाजु साइलेन्ट फिल्मकै उपज थियो।

सिधै साउन्ड फिल्ममा काम सुरु गर्दा नेपाली फिल्मले दृश्य भाषामा प्रशस्त ‘एक्सपेरिमेन्टु गर्न पाएन। कथानक र भावलाई पात्रको संवादबाटै बुझाउन थालियो। नेपाली फिल्म दृश्य माध्यम नभई रेडियो नाटकजस्तो हुनुको एउटा कारण यसलाई पनि मान्न सकिन्छ। दृश्यबाट स्थापित गर्नसक्ने प्रसंगलाई संवाद वा उद्घोषण ९न्यारेसन० बाट प्रस्तुत गर्ने रोग नेपाली फिल्ममा अझै यथावत छ।

दोस्रो विश्वयुद्धपछि हलिउडले स्केपिज्म ९पलायनवाद० मा आधारित थुप्रै फेन्टासी फिल्म बनायो। युद्धबाट पीडित जनतालाई समाजभन्दा अर्कै विषयमा भुलाउन त्यस्ता फिल्म उपयोगी पनि ठहरिए। नेपालको पञ्चायतकालमा पनि त्यस्तै खाले एक किसिमको पलायनवादी मान्न सकिने फिल्महरू बने। ती फिल्मले दर्शकको ध्यानलाई समाजका वास्तविक समस्या र मुद्दादेखि अलग्याए।

२०४६ सालपछिको प्रजातान्त्रिक कालमा पनि पलायनवादी फिल्मले नेपालमा निरन्तरता पायो। महेन्द्रले स्थापित गर्न खोजेको ‘एक भाषा एक भेषु नीतिलाई बढावा दिने फिल्म २०६० को दशकमा पनि बनिरहे। त्यतिबेला नेपाली फिल्मकर्मी आफ्ना फिल्म ‘महेन्द्रीय राष्ट्रवादुबाट संक्रमित छ भन्ने तथ्यसँग जानकार नभएका पनि हुनसक्छन्।

२०२२ देखि २०४६ को अवधिमा सरकारले १४ वटा फिल्म निर्माण गरे। तर, नेपालका मातृभाषामा एउटा पनि फिल्म बनाएन। ‘एक भाषा एक भेषु नीतिको एउटा ज्वलन्त प्रमाण यो पनि हो।

निजी क्षेत्रबाट २०४३ सालमा नेवार भाषाको ‘सिलूु फिल्म निर्माण चल्दै गर्दा शाही नेपाल चलचित्र संस्थान चाहिँ भारतीय लगानीकर्ताको सहकार्यमा हिन्दी र नेपाली भाषाको फिल्म ‘पञ्चवटीु बनाउन व्यस्त थियो। भारतका वासु भट्टाचार्यको निर्देशन, अकबर खान, सुरेश ओबराय, दीप्ति नवल लगायतको अभिनय रहेको उक्त फिल्म भारतमा रिलिज भयो। तर, देवर र भाउजुको प्रेमसम्बन्धको कथा रहेको उक्त फिल्म नेपाली समाजमा विवादित हुनसक्ने डर थियो। त्यसैले नेपालमा चलाइएन।

नेपाली फिल्मका सुरुका निर्देशकहरू हिरासिंह खत्री, बिएस थापा र प्रकाश थापा सबै भारतमा प्रशिक्षित र अनुभव बटुलेका फिल्मकर्मी हुन्। तर, उनीहरूद्वारा निर्देशित फिल्म हेर्दा त्यतिबेला भारतले फिल्म क्षेत्रमा हासिल गरेको कलात्मक र प्राविधिक उचाइलाई उनीहरूले कति पनि ख्याल गरेका रहेनछन् भन्ने छर्लंग हुन्छ।

नेपालमा ‘आमाु, ‘माइतीघरु र ‘हिजो आज भोलिु रिलिज हुँदा भारतीय फिल्मको लगभग दुई दशक लामो ‘स्वर्ण युगु अन्तिम चरणमा पुगेर आधुनिक युग सुरु भइरहेको थियो भने चिनियाँ फिल्ममा दोस्रो स्वर्ण युग सकिसकेको थियो। ‘आमाु रिलिज भएकै वर्ष भारतमा करिब चार घन्टा लामो फिल्म ‘संगमु सुपरहिट भएको थियो। त्यही वर्ष ‘आई मिलन की बेलाु र ‘दोस्तीुजस्ता हिट फिल्म पनि आएका थिए। ‘आमाुभन्दा सात वर्षअघि भारतीय फिल्म ‘मदर इन्डियाु अस्कर अवार्डमा मनोनित भइसकेको थियो।

कलात्मकताका हिसाबले हेर्ने हो भने ‘आमाुलाई एकदमै कमजोर मान्न सकिन्छ। पटकथाको तहदेखि नै फिल्म फितलो छ। पुराना नेपाली फिल्मकर्मीले बजेटका कारण फिल्म राम्रो बन्न नसकेको बहाना बनाउँछन्। जबकि फिल्म बनाउन बजेट होइन, क्राफ्टम्यानसिप र कलात्मकता खाँचो पर्छ। यसको उदाहरण सत्यजित रेको फिल्म ‘पथेर पाञ्चालीु हो। सन् १९५५ मा रेले उक्त कालजयी फिल्म जम्मा डेढ लाख भारुमा बनाएका थिए। विक्रम संवत् २०२२ सालमा ‘माइतीघरु निर्माण गर्दा ११ लाख नेरु खर्च भएको थियो। भारतमा पनि त्यो समय त्यतिकै हाराहारीमा फिल्म बन्थे।

भारतमा पहिलो रंगीन फिल्म ‘किसन कन्याु बनेको ३८ वर्षपछि २०३२ सालमा नेपालमा पहिलो रंगीन फिल्म ‘कुमारीुको निर्माण सुरु भएको थियो। उक्त वर्ष भारतमा भने ‘शोलेु फिल्मले धमाका मच्चाइरहेको थियो।

नेपाली फिल्मले भर्खर ५० औं वर्ष मनाइरहेको छ। भारतीय फिल्मले सन् १९१३ मा बनेको ‘राजा हरिश्चन्द्रुलाई आधार मानी सन् २०१३ मा सय वर्ष मनाएको थियो। त्यस्तै सन् १९०५ मा पहिलो फिल्म ‘ब्याटल अफ दिङ्जुसानु बनाएको चीनले पनि सन् २००५ मा सिनेमा शताब्दी मनाइसकेको छ।

महेन्द्रको शासनकालमा आर्थिक उदारीकरण थिएन। त्यसैले २०२३ सालको ‘माइतीघरुपछि निजी क्षेत्रको लगानीमा दोस्रो फिल्म बन्न १६ वर्ष लाग्यो। २०३९ सालमा मञ्जु राणाले फिल्म ‘जुनीु निर्माण थालिन्। ‘माइतीघरुपछि र ‘जुनीुअघिको अवधिमा सरकारी लगानीमा ‘हिजो आज भोलि ९२०२४०’, ‘परिवर्तन ९२०२७०’, ‘मनको बाँध ९२०३००’, ‘कुमारी ९२०३४०’, ‘सिन्दुर ९२०३७०’ र ‘जीवनरेखा ९२०३९०’ बनेका थिए।

राष्ट्रिय निर्देशन मन्त्रालयले ‘आमा’, सूचना विभागले ‘हिजो आज भोलिु र ‘परिवर्तन’ बनाएपछि सरकारले २०२८ सालमा नयाँ सञ्चार नीतिअनुरुप शाही नेपाल चलचित्र संस्थान स्थापना गरेको थियो। संस्थान मातहत ११ वटा फिल्म निर्माण भए। अन्तिम फिल्म थियो ‘मायाु, जसको सुटिङ २०४६ मा सुरु भएको थियो। २०४९ सालमा नेपाल चलचित्र विकास संस्थानका रूपमा परिणत भएको शाही नेपाल चलचित्र संस्थानलाई २०५० सालमा निजीकरण गरिएको थियो।

विभिन्न सरकारी उद्योगहरूलाई भटाभट निजीकरण गरिसकेको सरकारले बढ्दो निजीकरणकै लहडमा उक्त निर्णय लिएको थियो। त्यतिबेला सत्ता पक्षको प्रचारप्रसारका लागि फिल्म निर्माण गर्ने कुरा पनि व्यावहारिक थिएन। त्यसका लागि नेपाल टेलिभिजन नै प्रभावकारी बनिरहेको थियो।

शाही नेपाल चलचित्र संस्थानको दुःखद विसर्जन भए पनि यसले नेपाली फिल्म क्षेत्रलाई संस्थागत बनाउन ठूलो योगदान दियो। संस्थानले फिल्म छायांकन, प्रशोधन, सम्पादन र मिक्सिङका लागि आवश्यक उपकरण तथा सामग्री जुटाउनुका साथै थुप्रै नेपालीलाई भारतको पुनास्थित फिल्म एन्ड टेलिभिजन इन्स्टिच्युट अफ इन्डिया ९एफटिआइआई० बाट प्रशिक्षित पनि गरायो। ती प्रशिक्षितले थुप्रै नेपाली फिल्ममा आफ्नो सिप खन्याए।

२०४१/४२ सालपछि निर्माताले मनोरञ्जन करको ५० प्रतिशत फिर्ता पाउन थालेका हुन्। तर, त्यो सुविधाले निर्मातालाई आकर्षित गरेन। किनभने नेपाली फिल्मको बजार सीमित नै थियो। बरु २०४६ सालसम्म भारतबाट ‘परालको आगोु, ‘लाहुरे’, ‘साइनो’जस्ता १० वटा नेपाली फिल्म बने।

२०४६ को जनआन्दोलनपछि भने निजी क्षेत्रका लगानीकर्ता उत्साही भएका देखिन्छन्। २०४७ सालदेखि नेपाली फिल्म निर्माणमा उल्लेखनीय वृद्धि आयो। ‘आमाुदेखि २०४६ सम्म २५ वर्षको अवधिमा नेपालभित्र ३७ वटा फिल्म बनेकामा २०४७ देखि २०४९ सम्म तीन वर्षको अवधिमा ३३ फिल्म रिलिज भए।

राजनीतिक परिवर्तनसँगै निजी क्षेत्रको सहभागिता नेपाली फिल्ममा बढ्दै गयो। २०४७ सालपछि फिल्म निजी क्षेत्रको पकडमा गइसकेको थियो। २०४८ सालमा ‘युगदेखि युगसम्मु फिल्मबाट राजेश हमाल नायकका रूपमा उदाए। उनको अभिनय र फिल्म दुवैलाई दर्शकले स्वागत गरे।

हमालले एकप्रकारको ‘स्टारडमु निर्माण गरे। उनलाई फिल्ममा खेलाउन निर्माता–निर्देशकबीच हानथाप हुन थाल्यो। २०४८ देखि ५० को दशकको अन्त्यसम्म उनी नेपाली रजतपटमा छाए। २०५७ सालमा ‘दर्पणछायाँु सुपरहिट भएपछि फिल्मको निर्माण संख्या अझ बढ्दै गयो। २०६० सालमा फिल्मको वार्षिक संख्या ६० नाघेको थियो।

सन् १९४६ को भारतीय फिल्म ‘निचा नगरुले पहिलो कान्स फिल्म फेस्टिभलमा ग्रान्ड प्राइज जितेको थियो। अन्तर्राष्ट्रिय रूपमा पहिचान कमाउन सफल पहिलो भारतीय फिल्म चेतन आनन्दद्वारा निर्देशित यही फिल्मलाई मानिन्छ। भारतमा यस फिल्मले यथार्थवादी र कलात्मक धाराको अभियानलाई सुदृढ बनाएको थियो।

भारतमा सन् १९८० को दशकको सुरुवातसम्म मृनाल सेन, मणि कौल, अदूर गोपालकृष्णन लगायतले जारी राखेको समानान्तर फिल्म अभियानबाट प्रभावित भई लक्ष्मीनाथ शर्माले सन् १९८२ तिर ‘बदलिँदो आकाशु निर्देशन गरे। उनी सरकारको लगानीमा एफटिआइआईबाट फिल्म निर्देशनसम्बन्धी अध्ययन गरेर फर्केका थिए। पुराना फिल्मकर्मीले उनको पहिलो फिल्मलाई तारिफ गरे पनि प्रकाश सायमीले ‘चलचित्रः कला र प्रविधिु नामक आफ्नो किताबमा ‘तथाकथित कलात्मक फिल्मुको संज्ञा दिएका छन्।

सार्कस्तरीय फिल्म महोत्सवमा भाग लिने ‘कुमारी’ नै अन्तर्राष्ट्रिय सिने जगतमा जाने पहिलो नेपाली फिल्म मानिन्छ। सरकारको लगानीमा उक्त फिल्ममा अंग्रेजी सबटाइटल राखिएको थियो। कागजी रूपमा नेपाली मानिएको ‘क्याराभान’ अस्कर अवार्डमा मनोनित भएको थियो। त्यसपछि छिरिङरितार शेर्पाको ‘मुकुन्डो’ र नवीन सुब्बाको ‘नुमाफुङ’ले केही अन्तर्राष्ट्रिय महोत्सवहरूमा नेपाली फिल्मलाई चिनाए। ‘नुमाफुङ’ले ढाका अन्तर्राष्ट्रिय फिल्म महोत्सवमा रजत पुरस्कार जितेको थियो।

जर्मनीमा भएको सन् २०१२ को ६२ औं बर्लिन फिल्म महोत्सवमा ‘हाइवेु छनोट गराउँदै निर्देशक दीपक रौनियारले नेपाली फिल्मलाई थप उचाइ दिलाएका छन्। सोही वर्ष मीन भामको छोटो फिल्म ‘बाँसुल्ली’ इटालीको प्रतिष्ठित भेनिस फिल्म महोत्सवमा छानिएको थियो। नेपाली फिल्मले हासिल गरेका मुख्य अन्तर्राष्ट्रिय सफलता यिनै हुन्।

२०६४ सालको ‘कागबेनी’ फिल्मसँगै सुरु भएको डिजिटल प्रोजेक्सनले नेपाली फिल्मको बजारलाई व्यवस्थित बनाइदियो। डिजिटल प्रोजेक्सनका कारण अचेल कुनै पनि नेपाली फिल्म देशभरका ७० भन्दा बढी हलमा एकसाथ रिलिज गर्न सकिन्छ। विगतमा एउटा नेपाली फिल्मको ५–६ वटामात्र प्रिन्ट निकालिन्थ्यो। त्यतिबेला मोफसल, काठमाडौं र अर्धनगर क्षेत्रमा चरणबद्ध रूपमा फिल्म रिलिज गर्नुपर्ने बाध्यता निर्माताको थियो।

डिजिटल प्रविधिपछि नेपाली फिल्मको निर्माण सस्तो र सरल भएको छ। राम्रो रिजोल्युसन भएका थरीथरीका महँगा डिजिटल क्यामेरा बजारमा आउन थालेपछि ५० लाख रुपैयाँ रहेको नेपाली फिल्मको औसत बजेट २५ लाखमा झरेको छ। यसले धेरैभन्दा धेरै नयाँ युवा फिल्मकर्मीका लागि ढोका खोलिदिने काम गरेको छ।

२०६८ को ‘लुट’ फिल्म डिजिटल प्रविधिकै कारण कम बजेटमा बनेको थियो। ‘लुटुभन्दा कम बजेटमा ‘चपली हाइट’ तयार भएको थियो। थोरै पैसामा निर्माण हुने भएपछि फिल्म उद्योगलाई मुट्ठीमा लिइरहेका परम्परागत निर्माता–निर्देशकहरू नयाँ प्रतिभाहरूबाट विस्थापित हुँदैछन्।

२०७० सालमा ९७ वटा फिल्म रिलिज भएका थिए। अचेल प्रत्येक साता लगभग दुईदेखि तीन फिल्मबीच रिलिजका लागि प्रतिस्पर्धा हुन थालेको छ। रिलिजमात्र भएर पुग्दैन, दर्शकको रुचिलाई सम्बोधन पनि गर्नुपर्‍यो।

विभिन्न देशका राम्रा फिल्मको स्वाद लिएर ‘फिल्म लिटरेसीु बढाएका दर्शकको उपस्थिति र अपेक्षा दुवै बढ्दो छ। ‘नेपाली फिल्मलाई माया गरिदिनूु भन्ने खालका अनुरोधबाट उनीहरू बहकिने सम्भावना अब छैन। राम्रा फिल्मलाई ताली र झुर फिल्मलाई गाली दिन उनीहरू कोहीसँग डराउँदैनन्। नेपाली फिल्मको ५० वर्षको एउटा उपलब्धि यी दर्शक पनि हुन्। नागरिक दैनिकबाट

प्रतिक्रिया
सम्बन्धित