२८ आश्विन २०८३, बुधबार

सुनको मूल्यमा उच्च गिरावट

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Gold

काठमाडौं । लगातार उतार-चढाब आईरहेको सुनको मूल्यमा साताको अन्तिम दिन शुक्रबार तोलामा ८ सय रुपैयाँ घटेर कारोबार भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले शुक्रबारका लागि छापावाल सुनको मूल्य तोलाको ५२ हजार ७ सय रुपैयाँ तोकेको छ । बिहीबार छापावाल सुन तोलाको ५३ हजार ५ सय रुपैयाँमा किनबेच भएको थियो ।

शुक्रबार तेजाबी सुनको मूल्य पनि तोलामा ८ सय रुपैयाँ घटेर ५२ हजार ४ सय ५० रुपैयाँमा किनबेच भइरहेको छ । बिहीबार तेजाजी सुन तोलाको ५३ हजार २ सय ५० रुपैयाँमा किनबेच भएको थियो ।

चाँदीको मूल्य पनि शुक्रबार तोलामा १५ रुपैयाँ घटेको छ । महासंघका अनुसार बजारमा चाँदी तोलाको ७ सय ७५ रुपैयाँमा किनबेच भइरहेको छ । बिहीबार चाँदी तोलाको ७ सय ९० रुपैयाँमा किनबेच भएको थियो ।