काठमाडौँ । सिभिल बैंक लिमिटेडले सल्यान र रुकुम आफ्नो शाखा सुरु गरेको छ ।
नयाँ खोलिएका दुवै शाखाहरुले बैंकका अन्य शाखाहरु झै अत्याधुनिक बैंकिङ सेवा प्रदान गर्ने बैंकले जनाएको छ । मुलुकको समग्र कृषि क्षेत्रको विस्तार एवं आधुनिकिकरणका लागि थप सहयोगी बन्न आफ्नो उपस्थिती बढाउँदै लगिएको बैंकका प्रमुख कार्यकारी अधिकृत किशोर महर्जनले बताउनुभयो ।
साथै, यी नयाँ शाखाहरुबाट स्थानीय उद्यमी लगायत सर्वसाधारणहरु लाभान्वित हुनेछन् । अर्को साता बैंकले पुर्वाञ्चल क्षेत्रको ओखलढुङ्गा र जनकपुर, पश्मिाञ्चलको धनगढी तथा उपत्यकाको कपन, स्वयम्भू र जावालाखेलमा गरी अर्को थप ६ शाखाहरु विस्तार गरी कूल शाखा संख्या ४० पुयाउने लक्ष्य लिएको छ ।












प्रतिक्रिया