बुधबार, २६ चैत २०७६
DainikNepal.com
बुधबार, २६ चैत २०७६

एनआरएनको बहराइन भेलाले के दियो ?

दैनिक नेपाल २०७१ जेठ १ गते २३:०३

Dharam-KC

सुरक्षित र मर्यादित बैदेशिक रोजगारमा केन्द्रित एनआरएनएको चौथो क्षेत्रिय बैठक (भेला) खाडी मुलुक बहराइनमा सम्पन्न भएको छ । २ दिन (मई ९−१०, २०१४ मा) चलेको यो बैठकमा बिशेषतः पहिलो दिनका सत्रहरू र तिनमा अभिब्यक्त बिभिन्न बिचार तथा प्रस्तुतिहरूलाई खासगरी उक्त भेलामा उपस्थित हुन नसक्नु भएका तमाम मित्रजनहरूको जानकारीका लागि यहां प्रस्तुत गर्ने जमर्को गरेको छु ।

उदघाटन सत्र

सभापतिः चन्द्र रोकाहा, मध्यपुर्ब क्षेत्रिय संयोजक, एनआरएनए आइसिसी (युएई)

प्रमुख अतिथीः शेष घले, अध्यक्ष, एनआरएनए आइसिसी (अष्ट्रेलिया)

सञ्चालकः बिनोद भटराई, महासचिव, एनसिसी कतार

मन्तब्यहरूः

टंक बस्नेत, अध्यक्ष, एनसिसी बहराइन

– क्षेत्रिय भेला बहराइनमा गर्न पाउनु हाम्रा लागि गर्ब हो ।

– यो भेलाले मध्यपुर्बमा रहेका श्रमिकहरूका सवालमा एउटा दिशानिर्देश गर्नेछ भन्न् आसामा छौं ।

हंश राज वाग्ले, अध्यक्ष, म्यानपावर ब्यवसायी संघ

− दैनिक १५०० नेपाली बैदेशिक रोजगारीमा गैरहंदा १०० जनाले दुख पाएको, ६०० जना स्वदेश फर्किदा २–३ जनाका मृत शव आउने गरेको, १०–१२ जना खाली हात फर्किने गरेको स्वीकार्छु, त्यो दुख र मृत्युको जिम्मेवारी लिन्छु तर दोशी हामी मात्र छैनौं ।

− वर्किङ भिषामा गएका, रहेकाले म्यानपावर कम्पनीका भिजिटिङ कार्ड र प्रोफाइल बोकेर भिषा (म्यानपावर)को कारोबार गरिरहेकाछन, तिनिहरूलाई समातेर जेल हाल्नुपर्छ । बिजनेस भिषा र भिजिट भिषामा जानेहरूले मात्र यो बिजनेस गर्नुपर्छ । तिनै अबैध बिचौलियाका कारण कामदारहरूले ठगी र बिचल्ली भोग्नुपरेको छ ।

− कामदारहरूलाई हामीले मात्रै ठगेका छैनौं, एउटा सिरिञ्जबाट १५ जनाको रगत लिंदै स्वास्थ्य परिक्षणका नाममा ४ हजार रूपैया लिने, रू. ७०० मा अभिमुखिकरणको सर्टिफिकट बेच्नेहरू जस्ता ठगहरू अनेक छन ।

− एनजिओहरूले बैदेशिक रोजगार ऐन संशोधन गर्न खोज्दैछन, तर तिनीहरू सरोकारवाला होइनन, सरोकारवालाहरू ब्यवसायी र कामदारहरू नै हुन, संशोधनमा सरकारवालाहरूको उचित प्रतिनिधित्व हुनुपर्छ ।

− सभासदज्युहरू, कति बर्ष नेपालीहरूलाई बैदेशिक रोजगारमा पठाइरहने हो ? भागबण्डाको थोत्रे राजनीति छोडेर संसदमा बैदेशिक रोजगारको बहस चलाउनुहोस, योजना बनाउनुहोस, संसदमा पारित गर्नुस, हामी ६ महिनाभित्रै यो ब्यवसाय बन्द गर्न तयार छौ, तर देशबासीहरूलाई स्वदेशमै उचित अवसरहरू दिनुस ।

ओम कुमार भण्डारी, नियोग प्रमुख, नेपाली नियोग, बहराइन

− बै.रो. बिभागले जेठ १ उपरान्त एमआरपी अनिवार्य गरे पछि खाडी मुलुकमा धेरै तनाव र चाप बढेको छ । बिदेशबाट जाने पासपोर्टलाई सरकारले उच्च प्राथमिकतामा राखेर काम गर्नुपर्छ ।

− बैदेशिक रोजगारलाई सुरक्षित, मर्यादित र ब्यवस्थित बनाउन नियोगले एनआरएनएसंग मिलेर काम गर्ने छ ।

− कामदारहरूको खाना खर्च २० दिनारबाट बढाएर ३० दिनार (३०० रियाल) बनाउनुपर्छ, आवास सुविधा सबैलाई निशुल्क उपलब्ध हुनुपर्छ ।

नेत्र टण्डन, कन्सुलर, नेपाली नियोग, युएई

− युएईको नेपाली नियोगमा कामको चाप अत्यधिक तर जनशक्ति अति न्युन छ ।

− यो बैठक बैदेशिक रोजगारको उचित कार्यदिशा र कार्य योजना बनाउन सफल होस, शुभकामना ।

–    बैदेशिक रोजगारको इतिहास लामो भए पनि गुणस्तरिय हिसाबले भर्खर बामे सर्दैछ ।

–    बैदेशिक रोजगारलाई सुरक्षित बनाउन हामी सरोकारवालाहरू कति लागेका छौं, आत्म समिक्षा गरौं ।

कृष्णहरि पुस्कर, महानिर्देशक, बैदेशिक रोजगार बिभाग

− यो बैठकलाई नेपाल सरकारले निकै महत्वका साथ हेरेको छ, मन्त्रीज्यु नै आउन इच्छुक हुनुहुन्थ्यो तर कारणबस वहां आउन सक्नुभएन र यो बैठक बैदेशिक रोजगारमा केन्द्रित हुनेभएकाले सरकारको प्रतिनिधीको रूपमा मलाई पठाउनुभएको छ ।

− एनआरएनए भर्चुअल डिप्लोम्याटिक मिशन हो भने सबै एनआरएनहरू भर्चुअल डिप्लोम्याट हुनुहुन्छ ।

− सरकारको परिभाषा फेरिएको छ, हामीले दर्ता गरिसकेपछि एनआरएनए पनि सरकारकै अंग हो, तपाईहरूले गर्ने काम सरकारकै काम हुन ।

− एमआरपीका लागि रसिद मात्र देखाए पनि श्रम स्वीकृति दिनेगरी गृहकार्य गरेका छौं, समस्यामा पार्नेछैनौं ।

− यहां प्रस्तुत हुने सबै राम्रा कुराहरूलाई सरकारले ग्रहण गर्नेछ, कार्यान्वयनमा लानेछ ।

− हामीसंग अहिले रकमको अभाव छैन, बोर्डमा नै २ अरब रूपैया थुप्रिएको छ, यसैले योजना ल्याउनुहोस । उक्त रकम उपयोग गर्न सकिनेछ ।

− ४ जना थप श्रम सहचारीहरू नियुक्त गर्ने निर्णय गरिसकेका छौं ।

− खाडीका सबै नियोगहरूका लागि हालै मात्र थप रू. २०/२० लाख दिने निर्णय गरेका छौं ।

− बैदेशिक रोजगारलाई बन्द गर्नु ठूलो भूल हुनेछ, अन्तराष्ट्रिय आप्रबासनलाई रोक्नै सकिन्न, यसलाई ब्यवस्थित र नियमन गर्न सकिन्छ ।

− अब देखि बिदेशमा हुने नेपाली कामदारहरूको मृत्युलाई नेपाल सरकारले “नेचुरल डेथ”को रूपमा स्वीकार्ने छैन । १०% मरेका होलान, तर ९०% लाई मारिएको अवस्था छ । उचित क्षतिपूर्ति अबिलम्ब पाउनुपर्छ । स्वस्थ (निरोगी) कामदार मात्रै बिदेश जाने हुंदा उनीहरूको मृत्युको जबाफदेहिता, कारण र जिम्मेवारी अब रोजगारदाता र/वा त्यहांको सरकारले लिनुपर्छ । हामीले यस बिषयलाई आइएलओ लगायतका अन्तराष्ट्रिय निकायहरूमा पनि पुर्याएका छौं ।

– बैदेशिक रोजगारका नाममा माफिया हावी भएका छन, माफियागिरी गर्नेलाई कार्बाही थालेका छौं, मानव बेचबिखन (तस्करी) नियन्त्रण गर्न सरकार लागिपरेको छ ।

शेष घले, अध्यक्ष, एनरएनए इसिसी

− यो बैठक धेरै अर्थमा महत्वपूर्ण छ ।

− हाम्रो संस्था दर्ता भएपछि धेरै सम्भावनाका ढोकाहरू खुलेका छन ।

− मेरा २ वटा प्राथमिकता छनः (१) एनआरएनएको कार्यालय भवन बनाउने र (२) बैदेशिक रोजगारमा जानेका लागि बिशेष राहत कोष बनाउने

− दुबैका लागि मैले कबोलेको १−१ करोड रूपैया खातामा जम्मा गरिदिइसकेको छु । राहतका लागि ५ करोड र भवनका लागि १५ करोडको लक्ष राखेको छु, यी दुबै काम फत्ते गर्नका लागि टास्क फोर्स कमिटी बनेका छन र ती दुबैको संयोजकमा म आंफै रहेको छु ।

– यस क्षेत्रका दूतावासहरूसंग हातेमालो गरी श्रम समस्याहरू समाधान गर्न संघ कटिबद्ध छ ।

चन्द्र रोकाहा, मध्यपूर्ब संयोजक, एनरएनए इसिसी

− बैदेशिक राजगारमा स्टेक होल्डरहरू धेरै नै छन, सुधारका लागि सबै पक्ष जिम्मेवार र जबाफदेही बन्नुपर्छ ।

− यो बैठकमा हामीले सबै पक्षलाई बोलाएर एकै ठाउंमा राखेका छौं, हामी वहांहरूका कुराहरू सुन्नेछौ र हाम्रा कुराहरू पनि सुनाउने छौं र सबैले आ आफ्नो ठाउंबाट बैदेशिक रोजगार क्षेत्रलाई सुरक्षित र मर्यादित बनाउन भूमिका खेल्ने अपेक्षा गर्दछौं ।

– मध्य्पुर्वीय देशहरुमा भएको बिकास र त्यहाँ संचालित र सम्पन्न भएका जति पनि मेगा प्रोजेक्ट छन् ति सबैमा नेपालीहरुको योगदान छ | विदेशमा रहंदा हामीले सबै किसिमको सिप, अनुभब र पुंजी आर्जन गरेका छौं, नेपाल सरकारले त्यसको सहि ब्यबस्थापन गर्ने सके यो नै सम्बृद्ध नेपाल को आधार हुन सक्छ |

 NRN-baharain-mahila-vela

महिला सत्र

सभापतिः सपिला राजभण्डारी, महिला संयोजक, एनआरएनए आइसिसी (रूस)

सञ्चालिकाः यास्मिन बेगम, पुर्ब सदस्य, एनआरएनए आइसिसी (साउदी अरब)

मन्तब्यहरू

पबित्रा दहाल, महिला संयोजक, एनसिसी बहराइन

− नेपाली महिलाहरूलाई नराम्रो कामबाट जोगाइदिनुहोस, अबैध आप्रबासन रोकिदिनुहोस ।

− १६ बर्षे बहिनीहरूलाई कसरी आउनुभयो भनी सोध्दा, नेपाल सरकारले पासपोर्ट बनाइदियो, एजेन्टले पठायो, आयौं भन्छन, उनीहरूमध्य धेरै दुखमा छन ।

कृष्ण कुमारी बिष्ट, सदस्य, एनसिसी बहराइन

− यो स्टेजमा बोल्न पाउंदा म आंफूलाई राष्ट्रपति जस्तै ठान्दैछु, तर भरे ७ बजेपछि मेरो पोजिसन के हो ? म एउटी घरमा काम गर्ने महिला हुं ।

− म २० बर्षदेखि बहराइनमा छु, मलाई लाग्छ, १०० मा ५० महिलाको अवस्था ठिकै होला, बांकि ५० दुखमा छन ।

− नेपालमै काम गरेर खाने ब्यवस्था मिलाइयोस, अहिले स्वदेशमा लाश उठाउने मान्छे पाउन पनि गाह्रो छ ।

− नेपालमै पनि महिलाहरू, स साना चेलीहरू घर घरमा शोषित पीडित छन, त्यसतर्फ पनि ध्यान जाओस ।

इश्वरा अर्याल, उपाध्यक्ष, मजदुर संघ, कुवेत

− सरकारले महिलालाई रोक्न खोज्छ, तर नेपाली महिलाहरू रोकिन्नन, दुध पिउने जस्ता चेलीहरू पनि बिदेश आइरहेका छन ।

− सरकारले दिने तालिम नाम मात्रको हुन्छ, केही पनि सिक्दैनन, त्यो भन्दा बढी त हामीले नै सिकाउन सक्छौं

− ३० बर्ष पुगेपछि कतिलाई महिलाहरूलाई त २−३ तला तल माथि गर्न पनि गाह्रो हुन्छ, सोच्ने शक्तिमै ह्रास आइसकेको हुन्छ ।

− नेपाली चेलीहरूलाई नेपालबाट आउन रोकेर हिन्दी, बंगालीको फन्दामा नपारियोस, बिहान खाए बेलुका के खाउं? भन्ने समस्या मुलुकमा रहुञ्जेल नेपाली महिलाहरूलाई बिदेशिनबाट रोक्न सक्नुहुन्न ।

सुमित्रा देबी पडेल, महिला संयोजक, एनसिसी कुवेत

– हिन्दी, बंगालीबाट आएकोबाट दुख हुन्छ, यस्तो प्रबृत्ती रोक्नुपर्छ ।

– यसको लागि बिशेष योजना ल्याउनका लागि अनुरोध गर्दछु ।

यास्मिन बेगम, पुर्ब सदस्य, एनरएनए इसिसी (साउदी अरब)

− म देख्दै छु कि मध्यपुर्बमा रहनुभएका एनआरएनएकै बरिष्ठ ब्यक्तित्वहरूले पनि आ आफ्ना श्रीमतिहरूलाई यथेष्ट अवसर दिनुभएको छैन, यो बैठकमा पनि मैले धेरै ती महिलाहरूलाई देखिन ।

– “पैसा छ तर खर्च गर्ने ठाउं छैन” भनी बै.रो. बिभागका महानिर्देशकले हास्यास्पद कुरा गर्नुभयो, साउदीमा आएर हेर्नुस, त्यहांका नेपालीहरूलाई सेवा दिन सरकारी जनशक्ति, साधन स्रोत नभएर कति हम्मे हम्मे परेको छ ।

धरम के.सी., सल्लाहकार, एनआरएनए आइसिसी (साउदी अरब)

− भारत हुंदै खाडीमा हुंदै आएको नेपाली महिलाहरूको तस्करी रोक्न सरकारी उच्च तहमा भारतसंग वार्ता गरिदिनोस, दिल्ली र बम्बै एअरपोर्टमा चेक जांच गरी रोकिदिनोस ।

− महिला बेचबिखन गर्ने अबैध दलालहरूलाई खोजी खोजी कार्बाही गरिदिनोस ।

− साउदी अरबको नेपाली दूतावासमा १ जना महिला कर्मचारी खटाइदिनोस ।

सपिला राजभण्डारी, महिला संयोजक, एनरएनए इसिसी (रूस)

− बिदेश जाने महिलाको स्वास्थ्य परिक्षणमा लापर्बाही गर्ने, तालिम राम्ररी नदिनेलाई निगरानी गरी सुधार्नुपर्यो ।

− हाल १५ वटा मुलुकहरूमा १ हजार भन्दा बढी नेपाली महिलाहरू रहेको हुंदा ती सबै मुलुकहरूमा महिला आश्रयस्थल (Shelter)को ब्यवस्था गर्नुपर्यो ।

− बैदेशिक रोजगार प्रबर्द्धन बोर्डमा जम्मा भएको अर्बौं रकमबाट स्वदेश फर्किने महिलाहरूलाई स्वदेशमै पुनर्स्थापना गर्न आय आर्जनका लागि सहुलियत दरमा लघु कर्जा दिनुपर्यो

 NRN-Manpower

बैदेशिक रोजगार सत्र

सभापतिः टिबी कार्की, संयोजक, उपाध्यक्ष, एनआरएनए आइसिसी (कतार)

सञ्चालकः धरम के.सी., सल्लाहकार, एनआरएनए आइसिसी (साउदी अरब)

कार्यपत्र प्रस्तोताः धरम के.सी.

प्यानेलिस्ट्स (टिप्पणीकारहरू):  माननीय सभासदहरू − (१) धनराज गुरूङ, (२) रबिन्द्र अधिकारी, (३) शक्ति बस्नेत, (४) बैदेशिक रोजागार बिभागका महानिर्देशक कृष्णहरि पुस्कर, (५) नेपाली नियोग बहराइनका प्रमुख ओम कुमार भण्डारी, (६) नेपाली नियोग युएईका कन्सुलर नेत्र टण्डन, (७) एनआरएनए आइसिसीका सल्लाहकार नरेन्द्र भाट, (८) म्यानपावर ब्यवसायी संघका अध्यक्ष हंशराज वाग्ले

कार्यपत्र

सुरक्षित र मर्यादित बैदेशिक रोजगार

घोषणापत्रहरूला फर्केर हेर्दा

घोषणा उपलब्धी
काठमाडौ, अक्टोबर २००३  
बै.रो.   बारे बोलिएन  
दोहा,   जनवरी २००५
५०००का   लागि १ सहचारी १−७ लाखका लागि १ सहचारी
भाषा   जानेको कर्मचारी अनुवादक   राखियो
श्रम   सम्झौता भएन,   कार्यान्वयन?
न्युनतम   तलब तोक्ने तोकियो   तर पाइएन
सहुलियत   ऋण पाइएन
दूतावासको   अनिवार्य स्वीकृति भएन, ऐन नै बाधक
अनिवार्य   बिमा भयो
कल्याणकारी   कोष बन्यो
ठग्नेलाइ   कार्बाही नाम   मात्रको, ठगि रोकिएन
बिदेशमा   प्रतिनिधी राख्नुपर्ने राखियो   तर कमिशनका लागि
खाडीका   मुद्रा सटही सुविधा भयो
काठमाडौ, अक्टोबर २००५  
त्रिपक्षिय   सुझाव समिति बिषय   प्रबेश
नलेज   बैंकको डाटा लिने फाट्टफुट्ट
बै.रो.बाट   १ करोड डलर २०१२ मा   पूरा
रेमिटान्स   बैध च्यानलबाट बैध   च्यानलहरू उपलब्ध
बोन,   जुन २००६
९ सदस्यिय   कार्यदल बनाउने खासै   केही भएन
हुण्डी   रोक्ने रोकिएन
काठमाड, अक्टोबर २००७
बिकसित   मुलुकमा रोजगारी भेटिएन
बिदेशको   ज्ञान शिप नेपालमा भित्रेन,   बिदेशिने नै बढ्यो
बैंकक,   म २००८
शिप   प्रशिक्षण बढाउने खासै   बढेन
सचेतना   जगाउने खासै   भएन
दुब, अगस्त २००९
बै.रों.   निर्देशकमा NRNA भएन
ठगी   रोक्न कानूनमा कडाई भएन
अभिमुखिकरण   अनिवार्य भयो तर   गुणस्तर छैन
रोजगार   डायरी दिने हाते   पुस्तिका प्रकाशित
बिदेशी   दलाल र बिमानस्थल रोकिएन
महिला   संगठित क्षेत्रमा मात्र घरेलु   काममा नै आइरहे
सबैको   बिमा अनिवार्य भयो
एनआरएन उद्धार सेल फाट्टफुट्ट
कल्याणकारी   कोषको सदुपयोग आसातित नभएको
बहराइन,   कुवेत, लेबनान र ओमनमा नियोग कुवेत,   बहराइन र ओमनमा भयो, लेबनानमा भएन
नेपालमा   खाडीका दूतावास कतार र   साउदीका खुले
नियोग   नपुगेका ठाउंमा NRNA नीति र   ब्यवस्थापनमा कमी
काठमाड, अक्टोबर २००९
बै.रो.   बचतपत्र फेल भयो
ह्युस्टन,   २०१०
सामुहिक   लगानी तत्काल   सफल भएन
दुब, जनवरी २०११
बै.रो.को   हाते पूस्तिका २०१३ मा   प्रकाशित, बितरित
दूतावास   स्थापना २०१४ मा   ओमन र बहराइनमा
नयां   बै.रो. नीति आएन
संस्थाको   आडमा ठगि नगर्ने छबी   सुधार्न ठोस पहल भएन
मस्को,   जुला २०११
५   करोडको फुलकुमारी ट्रष्ट कार्यान्वयन   भएन
काठमाड, अक्टोबर २०११
बै.रो.   नीतिमा परिमार्जन खासै   केही भएन
सिडनी,   अगस्त २०१२
बै.रो.   पूस्तिका गाबिस पुर्याउने पुग्यो
काठमाड, अक्टोबर २०१३
बै.रो.को   पूंजी देश बिकासमा देखिन   नसकेको
बै.रो.को   नीतिगत सुधार सरकारसंग   भेटवार्ता हुंदै
गाइडबुकको   बितरण भयो
बै.रो.   पीडितलाई राहतकोष शुरूवात   भएको
नैरोबी,   मार्च २०१४
राहत   कोष/सूचना आदानप्रदान हुंदै

बर्तमान अवस्था (खाडीका सन्दर्भमा)

(क)   सकारात्मक

  • मुलुकले दिन नसकेको रोजगार प्राप्ती
  • ठूलो परिमाणमा रेमिटान्स
  • पारिवारमा आर्थिक उन्नति, जिवनस्तर उकासिदो
  • शिप, दक्षता र अनुभव हासिल
  • मुलुकको अर्थतन्त्रमा जिवन र गति प्रदान
  • बिदेशी मुद्रा सञ्चितीमा बृद्धी
  • प्रतिब्यक्ति आयमा बृद्धी, गरिबी घट्दै

(ख)   नकारात्मक

  • न्युनस्तर (दक्षता, तलब, सुविधा)
  • ठगि, कमिशनखोरी, बेइमानी र अनियमितता
  • कफला सिस्टम, पासपोर्ट कफिल(मालिक)ले राखिदिने
  • सरकारीस्तरमा श्रम सम्झौता नभएको, लागू नभएको
  • महिलाको अबैध रूट र असुरक्षा
  • कठिन र जोखिमपूर्ण रोजगार
  • रकम लिने, रसिद नदिने – ठगीको मूल सूत्र
  • दण्डहिनता
  • अप्रयाप्त र अपारदर्शी सरकारी सेवा
  • इराक र लेबनानमा सरकारी अनुपस्थिती
  • पारिवारिक तनाव र बिग्रह
  • तोकिएको तलब सुविधा नपाउने, नक्कली करार
  • फ्रि भिषा, फि टिकटमै मोटो कमिशन असुलिदिने
  • बढ्दो मृत्यु, रोगी र अपांग पनि
  • मुलुकमा उर्जाशिल युवा जनशक्तिको अभाव
  • बढ्दो बिलासिता, घट्दो श्रम र उत्पादन (सृजनशिलता)

कसरी बनाउने बै.रो.ला सुरक्षित र मर्यादित ?

  1.  ठगी र अनियमितता रोक्ने
  2.   रकमको लेनदेन बैंकबाट मात्रै गर्ने
  3.   रकम लिने, रसिद नदिनेलाई कडा कार्बाही गर्ने
  4.   सबै डिमाण्डमा दूतावासको स्वीकृति अनिवार्य पार्ने
  5.   अन्तर निकाय समन्वय हुनेगरी कागजात प्रोसेसिङ अनलाइनमा गर्ने
  6.   शिप सिकेर मात्रै बै.रो.मा जाने
  7.   शिप प्रशिक्षणलाई सहज, सर्बशुलभ र गुणस्तरिय पार्ने
  8.   आंफूले जानेको, सक्ने काममा मात्रै जाने
  9.   प्रति ५ हजार जनाका लागि १ सहचारी खटाउने
  10.   १ हजार महिलाका लागि १ महिला सहचारी खटाउने
  11.   इराक र लेबनानमा नियोग बिस्तार गर्ने
  12.   इराक खुल्ला गर्दै निगरानी/अनुगमन गर्ने
  13.   वैतनिक नभए अवैतनिक(स्वयमसेवक) को सेवा लिने
  14.   भ्रष्ट र अनैतिक कर्मचारी हटाउने
  15.   ऐन बिपरित काम गर्ने म्यानपावर हटाउने
  16.   करारको तलब नदिने रोजगारदातालाई कालोसूचीमा राख्ने
  17.   न्युनतम तलब तोक्न सरकारी सम्झौता हुनुपर्ने
  18.   नेपालीको तलब श्रम बजारमा प्रतिस्पर्ध्दी हुनुपर्ने
  19.   गन्तब्य मुलुकमा म्यानपावरको बैध एजेन्ट हुनुपर्ने
  20.   प्रबासमा कामदार सेवा तथा परामर्श केन्दहरू खोल्ने
  21.   अभिमुखिकरण तालिम गुणस्तरिय पार्ने
  22.   कामदार सचेतना अभियान चलाउने
  23.   भारतहुंदै हुने मानवतस्करी रोक्न सरकारी पहल गर्ने
  24.   महिलाका अबैध दलाललाई खोजी खोजी कार्बाही गर्ने
  25.   नियोगहरूमा कानून अधिकृत(वकिल) हुनुपर्ने

कामदार सचेतनाका लागि

  •  बै.रो.को सही जानकारी गाउं टोलसम्म पुर्याउने
  •  सुसन्देशका लागि मिडियाको उपयोग गर्ने (बोर्डबाट)
  •  अबैध दलालहरूलाई कानूनको दायरामा ल्याउने
  •  अभिमुखिकरण तालिम पछि जांच हुनुपर्ने
  •  न्युनतम शैक्षिक योग्यता तोकिनुपर्ने
  •  प्रत्येक म्यानपावरमा Information Desk हुनुपर्ने
  •  बै.रो.को हाते पूस्तिका हरेक कामदारको हातमा पुग्नुपर्ने
  •  बैदेशिक रोजगारको श्वेतपत्र जारी गर्ने

बै.रो. नमा संशोधन गर्नुपर्ने

(क)        निर्देशक समितिमा NRNA लाई पनि राख्ने (६−२)

(ख)        इजाजतको बार्षिक नबिकरण, केश फर्स्यौट पुर्बशर्त (११−३)

(ग)         मागपत्रमा दूतावासको स्विकृति अनिवार्य पार्ने (१४−च)

(घ)         रकम लेनदेन बैंकबाट मात्रै (२१−२ र ३)

(ङ)         सरकारी सम्झौतामा ‘बजार प्रतिस्पर्द्धी’ तलब तोक्ने (२३)

(च)         रू. १० लाखको बिमा अनिवार्य गर्ने (२६)

(छ)        प्रबर्ध्दन बोर्डमा NRNA लाई पनि राख्नुपर्ने (३८−१)

(ज)        नियोगको स्थानिय कर्मचारी लोकसेवा या खुल्ला प्रतिस्पर्द्धाबाट (५९−१)

(झ)        ५ हजार पुरूष र १ हजार महिलाका लागि १−१ सहचारी (५९−१)

(ञ)         बिदेशमा बैध एजेन्ट राख्ने (७४−५)

(ट)         कागजात तथा अन्तर निकाय समन्वय अनलाइनबाट (नया दफा थप्ने)

श्रमिक समस्या समाधानमा एनरएन

सचेतक, परामर्शदाता

सहजकर्ता, सहयोगी

मध्यस्थकर्ता, माध्यम, मेसेञ्जर

बहस पैरबी, लबिङ

उद्धारकर्ता, राहत प्रदायक

अधिकारकर्मी, श्रमिक सशक्तिकरण

नियोग र एनरएनएको सहकार्य

  1. सरकारी पहुंच र सेवा बिस्तार गर्न
  2. भैपरि आउने बिशेष (आममाफी, एमआरपी आदि)
  3. श्रमिक समस्या हल गर्न
  4. सन्देशको आदान प्रदान, सम्वाद सहजिकरण
  5. श्रमिक उद्धार गर्न
  6. बिकृति, बिसंगति नियन्त्रण गर्न
  7. ब्यक्तिगत भिषा रूजु/अध्ययन गर्न
  8. सरकारी नीति निर्माणमा

एनरएनएले गर्नुपर्ने थप कार्यहरू

1) कामदार राहतकोष निर्माण तथा सञ्चालन

2) पीडितको न्याय र क्षतिपूर्तिका लागि बहस पैरबी

3) सरकारी निकायमा प्रबासी श्रमिकहरूको प्रतिनिधित्व

4) स्वदेशमै रोजगार सृजनाका लागि लगानी

5) शिप बिकासका लागि थप तालिम केन्द्रहरूको स्थापना

6) स्वदेशी उद्धमशिलता प्रबर्द्धन अभियान

7) स्वदेशमा पुनर्स्थापनाका लागि बिशेष प्याकेज

8) बै.रो.मा मृत्यु तथा अपांग हुनेप्रति राज्य जिम्मेवार गराउने

9) बैदेशिक रोजगारको श्वेतपत्र निकाल्ने

टिप्पणीहरूः

हंसराज वाग्ले, अध्यक्ष, बैदेशिक रोजगार ब्यवसायी संघ (नेपाल)

− एनआरएनएले आंफूलाई सरकारै ठाने जस्तो देखायो यो कार्यपत्रले तर एनआरएनए सरकार होइन ।

− कार्यपत्रले नियोग र सरकारसंग सहकार्य गर्ने भन्यो जबकि सांचो खांचो एनआरएनए र म्यानपावर ब्यवसायी संघका बिचको समन्वय र सहकार्यको छ, हामी मिलेर गयौं भने सरकारलाई दबाव पुग्छ ।

− बैदेशिक रोजगारमा ठगी छ र यसलाई रोक्न हामी पनि चाहन्छौ, हाम्रो आचार संहिता पनि छ तर त्यसबाट कुनै कार्बाही गर्न सकिदैन ।

− राती सपनामा नेपालीहरूको यति तलब हुनुपर्छ भन्ने सपना देखे र भोली पल्ट त्यही सपनामा देखेको तलब नै लागू हुनुपर्छ भन्दै छन खाडीका नेपाली नियोगहरू, त्यो सपना पूरा हुने अवस्था बनेकै छैन ।

− एनआरएनएलाई बैदेशिक रोजगार निर्देशक समिति र बैदेशिक रोजगार प्रबर्द्ध्न बोर्डमा सामेल गर्न मेरो पूर्ण सहमति छ, म नै यो प्रस्ताव बोर्डको बैठकमा राख्नेछु, यसका लागि ऐन पनि संशोधन गर्नेछौं ।

धनराज गुरूङ, सभासद (नेपाली कांग्रेस)

− लाशमा उभिएर देशले रेमिटान्स खोजिरहेको छ । दृष्टिकोण भएका नेताहरू नहुंदा मुलुक जर्जर छ ।

− हाम्रो आफ्नै मुलुकमा पसस्त सम्भावनाहरू छन, बिशाल जैबिक बिबिधता छ, यार्सागुम्बा मात्रले पनि रियाल होइन, डलर भित्राउन सक्छ । तर हामी नेपालमै फल्ने डलर देख्दैनौं, अरबको तातो बालुवामा फल्ने रियाल टिप्न दौडिन्छौं ।

– स्वदेशी रोजगार सृजनालाई एनआरएनएले पनि प्रमुख एजेण्डा बनाउनुपर्छ, नेपाललाई अबका दिनमा श्रमिक निर्यातकर्ता होइन, रोजगारदाता मुलुक बनाउनुपर्छ ।

− कार्यपत्रले बैदेशिक रोजगारको स्पष्ट तस्बीर देखाएको छ, यस कार्यपत्रको उच्च सम्मान गर्छु ।

− सभासदका नाताले संसदमा र नेपाली कांग्रेसको केन्द्रिय सदस्यका नाताले पार्टीमा समेत बैदेशिक रोजगार क्षेत्रको सुधारका लागि बिशेष पहल गर्ने छु ।

रबिन्द्र अधिकारी, सभासद (नेकपा एमाले)

− मुलुकमा रेमिटान्स आएको मात्र छैन, ठूलो परिमाणमा मुलुक बाहिर गएको पनि छ ।

− ठगी नियन्त्रण नगरी बैदेशिक रोजगार सुरक्षित हुनै सक्दैन । नियम कानून बिपरित मान्छे पठाउने ब्यवसाय हुनै सक्दैन, त्यो त अपराध हो ।

– हाम्रो कानूनलाई ब्यवस्थित बनाउन नसक्दा श्रम गर्ने नेपाली कामदारहरू हेपिएको अवस्था छ ।

− अब बिदेशमा आर्जित शीप र पूंजीको नेपालमै लगानी गर्दै बिदेश जाने सोंच त्याग्दै जानुपर्छ ।

– हरेक समस्याले समाधान पनि बोकेको हुन्छ, जागिरे मानसिकता त्याग्नसक्नुपर्छ ।

– एनआरएनएले सिटिइभिटीको भन्दा राम्रा प्राबिधिक शिक्षालयहरू खोलिदेओस ।

− यो कार्यपत्र ऐना हो, १० बर्षको आत्म समिक्षा देख्दा राम्रो लाग्यो, सरोकारवालाहरूको प्रयाप्त ध्यानाकर्षण गर्ने खालको छ, म आफ्नो भूमिका खेल्ने छु ।

शक्ति बस्नेत, सभासद (नेकपा एमावादी)

− कार्यपत्रमा केही ठाउंमा कुरा दोहोरिए पनि यसले बैदेशिक रोजगार क्षेत्रको बिस्तृत चिरफार गरेको छ । प्रतिबद्धता कडा रूपमा आउनुपर्यो ।

− बैदेशिक रोजगारलाई सम्बृद्ध् नेपालको आधार भनियो तर नेपाललाई सम्बृद्ध बनाउने अरू पनि आधारहरू छन ।

− यस क्षेत्रमा हुंदै आएका ठगी र अनियमितता रोक्नै पर्छ, बिकृतिहरू धेरै नै छन ।

– हामीकहां एउटा बिदेशी राजदूतले हाम्रा राष्ट्रपतिलाई नै सहजै भेट्छन तर हाम्रा राजदूतले बिदेश मन्त्रीलाई भेट्न पनि महिनौं कुर्नुपर्छ । हामी गरीब भएरै हेपिएका छौं, पछि परेका छौं, सम्बृद्ध भएपछि पहुंच पनि बढ्ला ।

− महिलाहरूको बैदेशिक रोजगार निकै सम्वेदनशील छ, वहांहरूका माग तथा एजेण्डाहरू गम्भीर छन ।

− नेपालमा लगानी बढाउनुपर्छ, रोजगार सृजना गर्नुपर्छ, सभासद र पार्टीको केन्द्रिय सदस्यका नाताले मैले यो क्षेत्र सुधार्न बिशेष पहल गर्नेछु ।

नरेन्द्र भाट, सल्लाहकार, एनरएनए इसिसी (कतार)

− दूतावासहरूले आंफूखुशी (एकतर्फी रूपमा) तलब तोकेर नेपाली कामदारहरूलाई ‘अबैधता’ तर्फ धकेलेका छन ।

– बैदेशिक रोजगार रहर होइन, बाद्यता हो । ब्यक्तिगत भिषामा केही बिकृति आएकै हुन, तर रोक्दा केही राम्रा अवसरहरू पनि गुम्ने हुंदा, थप अध्ययन र पुनर्बिचारको आबश्यकता छ ।

– बोर्डमा रहेको २ अरब रकम दूतावासहरूलाई बांड्नुभन्दा एनआरएनएको राहत कोषमा राखियोस, पीडित कामदारहरूको उद्धारमा त्यसको सदुपयोग हुनुपर्छ ।

− कार्यपत्र निकै स्तरीय छ र बैदेशिक रोजगारका सबै पाटाहरूलाई सही ढंगमा चित्रित गरेको छ ।

कमल तामाङ, महासचिव, बैदेशिक रोजगार ब्यवसायी संघ (नेपाल)

− ठग्नेहरू म्यानपावर कम्पनीहरू मात्र नभई अरू धेरै पक्षहरू छन । एअरपोर्टबाट कामदारहरूलाई उड्न नदिएर फर्काउने सरकारी कर्मचारी पनि ठगहरू नै हुन ।

− संस्थागत रूपमा गएका भन्दा ब्यक्तिगत रूपमा गएकाहरू नै बढी ठगिएको, बिचल्लीमा परेको तथ्यलाई बैदेशिक रोजगार बिभागको प्रतिवेदनले नै देखाएको छ । यसैले हामी हाम्रो हिस्साको जिम्मेवारी लिन्छौं तर हाम्रो जिम्मेवारी बाहिर पनि धेरै छन ।

कृष्णहरि पुस्कर, महानिर्देशक, बैदेशिक रोजगार बिभाग (नेपाल)

− यो कार्यपत्रले हामी (नेपाल सरकार)लाई ठूलो फिडब्याक दिएको छ ।

− यसमा निहित धेरै राम्रा कुराहरू लागू गर्न नेपाल सरकार तयार छ ।

− अनिवार्य बिमा राशीलाई बढाएर रू. १० लाख बनाउने सरकारी स्तरमै सहमति बनिसकेको छ ।

− बिदेशमा सरकारी सेवा पुग्न नसकेका ठाउंमा या प्रयाप्त सेवा दिन नसक्दा नियोगहरूले एनआरएनएको सहयोग लिन सक्नुपर्छ ।

– बैदेशिक रोजगारका सरकारी बैठकहरूमा एनआरएनएलाई आमन्त्रण गर्न थालिसकेका छौं ।

– २५० वटा म्यानपावर कम्पनीहरू, २० वटा अभिमुखिकरण तालिम दिने संस्थाहरू, स्वास्थ्य परिक्षण केन्द्रहरूलाई हालैका दिनमा कार्बाही गरेका छौं ।

– महिलाहरूको भारत हुंदै हुने बेचबिखन (तस्करी) रोक्न भारत सरकारसंग ६ पटक वार्ता भैसकेको छ ।

नेत्र टण्डन, कन्सुलर, नेपाली नियोग युएई

− कार्यपत्रले सुरक्षित र मर्यादित बैदेशिक रोजगारका लागि दिशा निर्देश गरेको छ ।

− कामदारहरूलाई सुसूचित र सचेत पार्न तथा सहयोगका लागि एनआरएनएको भूमिका हुनसक्छ, नियोगसंग सहकार्य हुनसक्छ ।

− नियोगहरूमा जनशक्तिको अभाव तथा कामको चापका कारण चाहेर पनि प्रयाप्त सेवा दिन नसकेको नै यथार्थ हो ।

टिबी कार्की, उपाध्यक्ष, एनरएनए इसिसी

− बैदेशिक रोजगारको बिषयलाई अति नै सुक्ष्म तरिकाले बिश्लेषण भयो, सबै पक्षले आ आफ्नो ढंगले यसलाई सम्बोधन गर्नुभयो ।

− मध्यपुर्बमा कति नेपाली कामदारहरू सुतेको सुत्यै अर्थात सुतेकै अवस्थामा मृत्यु हुने देखिएको छ, यसको अध्ययन गर्दा नेपालमा स्वास्थ्य परिक्षण गर्दा मुटुको परीक्षण नहुने गरेको पाइयो, अब सरकारले श्रम स्वीकृति दिंदा यो रिपोर्ट पनि खोज्नुपर्छ ।

– एमआरपीका लागि मशिन थप गर्न म अनुरोध गर्दछु ।

प्यानलिष्टहरूबाट कार्यपत्रमाथि आ आफ्ना टिप्पणीहरू आइसकेपछि हलमा प्रश्नोत्तरका लागि खुल्ला गरिएको थियो । प्यानेलिष्टहरूलाई (पूरक) प्रश्न गर्नेहरूमा एनसिसी कुवेतका अध्यक्ष धर्मराज गिरी, एनसिसी बहराइनका अध्यक्ष टंक बस्नेत, एनसिसी कतारका अध्यक्ष मक्शुद आलम, एनसिसी ओमानका अध्यक्ष डि बी क्षेत्री, एनसिसी इराकका उपाध्यक्ष खेम पौडेल, बैदेशिक रोजगार पत्रकार समाजका अध्यक्ष मदन कुमार श्रेष्ठ, इमेच च्यानलका जगदिश खरेल, बिश्व उल्टो साइकल यात्री बिरेश दहाल, एनसिसी बहराइनकी कृष्ण कुमारी बिष्ट, एनआरएनए साउदीका पुर्बी क्षेत्रिय अध्यक्ष मोहमद जैनुल अब्दिन लगायतका सहभागीहरू हुनुहुन्थ्यो जसलाई प्यानेलिष्टहरूले क्रमैसंग जबाफ दिनुभएको थियो ।

घोषणा सत्र

सभापतिः चन्द्र रोकाहा, मध्यपुर्ब संयोजक, एनआरएनए आइसिसी (युएई)

सञ्चालकः जेपी सापकोटा,सदस्य, एनआरएनए आइसिसी (बहराइन)

घोषणापत्र वाचनः डि.बी. क्षेत्री, अध्यक्ष, एनसिसी ओमान

घोषणापत्र

१) वैठक गैरआवासीय नेपाली संघले विगत देखि नै उठान गदै आइरहेका बिषयहरु तथा विगतका घोषणा पत्रहरुमा उल्लेख भएका  बुदाहरु कार्यान्वयनका लागि पहल र अनुगमन गर्न एक समितिकोगठन गर्न अन्तर्राष्ट्रिय समन्वय परिषद् समक्ष अनुरोध गर्ने निर्णय गर्दछ ।

२) वैठक सुरक्षित, व्यवस्थित तथा मर्यादित वैदेशिक रोजगारीको लागि नेपाल वैदेशिक रोजगार व्यवसायी संघसंग संस्थागत सहकार्यको लागि एक सम्झौता गर्न अन्तर्राष्ट्रिय समन्वय परिषद्समक्ष अनुरोध गर्ने निर्णय गर्दछ ।

३) वैदेशिक रोजगार विभागले जेष्ठ १ गते देखि लागु हुने गरि हस्तलिखित राहदानी वाहकलाई श्रमस्विकृति नदिने उल्लेख गरेकोमा सोको कार्यन्वयनको अवधि थप गर्नकालागि नेपाल सरकारसंग अनुरोध गर्ने निर्णय यो बैठक गर्दछ ।

४) बैदेशिक रोजगारीमा जाने नागरिकहरुको विमा ५ लाखबाट बृद्धि गरेर अनिवार्य १० लाख गर्न नेपाल सरकारलाई यस बैठकले माग गर्ने निर्णय गर्दछ ।

५) बैठक स्वदेशी उद्यमशिलतालाई प्रर्बद्धन गर्ने निर्णय गर्दछ ।

६) सुरक्षित, व्यवस्थित र मर्यादित बैदेशिक रोजगारलाई आधारभुत रुपमा नै कार्यान्वयन गर्नकोलागि माध्यमिक तहबाट नै प्राविधिक शिक्षाको अवधारणालाई अनिवार्य कार्यान्वयन गर्न नेपालसरकारसंग माग गर्ने निर्णय गर्दछ ।

७) यो बैठक वैदेशिक रोजगारीमा गएका नागरिकहरुको लागि एक कोषको स्थापना गरि वैदेशिकरोजगारमा निश्चित अवधि विताएर पुरा गरेर नेपाल फर्के पछि नियमित निवृत्ति भरण पाउने व्यवस्था गर्न, बैदेशिक रोजगारीबाट फर्केका नागरिकलाई उसले हासिल गरेको सिप अनुसारको व्यवशाय गर्न चाहेमा सुलभ व्याजदरमा ऋण उपलब्ध गराउन नेपाल सरकारसंग माग गर्दछ ।

८) एक हजार भन्दा बढि महिला कामदार भएको मुलुकमा अनिवार्य आश्रय स्थल स्थापना गर्नको लागि पहल गर्न नेपाल सरकारलाई अनुरोध गर्ने निर्णय गर्दछ ।

९) बैदेशिक रोजगारीको क्रममा निधन भएका श्रमिकहरुका परिवारका एक सदस्यलाई रोजगारी तथा अंगभङ्ग भएको अवस्थामा निजलाई मासिक भत्ता उपलब्ध गराउन सरकार संग माग गर्ने निणर्य गर्दछ ।

१०) यस बैठक आगामी विश्व सम्मेलन अगावै मध्यपुर्व क्षेत्रिय संयोजकको संयोजनमा वैदेशिक रोजगार स्वेत पत्र जारी गर्ने निर्णय गर्दछ ।

११) अन्तर निकाय समन्वय हुनेगरी बैदेशिक रोजगारी सम्वन्धित कागजात प्रोसेसित¨ अनलाइनबाट सम्पन्न गर्ने व्यवस्था लागू गर्न यस बैठक नेपाल सरकारलाई अनुरोध गर्ने निर्णय गर्दछ ।

१२) प्रवासी नेपाली श्रमिकहरुको हक, हित र सुविधाका सरोकारहरुलाई नियमित र संस्थागत रुपमै नेपाल सरकारसम्म पुरयाउन एनआरएनएलाई वैदेशिक रोजगार ऐन २०६४ मा संशोधन गरी वैदेशिक रोजगार निर्देशक समिति र वैदेशिक रोजगार प्रवद्र्धन बोर्डमा प्रतिनिधित्वको लागि यो बैठक मागगर्दछ ।

पहिलो दिनको सम्पूर्ण कार्यक्रमको समापन गर्दै मध्यपुर्ब संयोजक चन्द्र रोकाहाले कार्यक्रम सफल पार्न सहयोग पुर्याउनुहुने सबैलाई धन्यवाद दिंदै अन्तमा एनआरएनए एनसिसी बहराइनमा स्थापित नेपाल श्रमिक उदध्रार

तथा कल्याणकारी कोषका लागि सहयोगका लागि आह्वान गर्नुभयो र तत्कालै हलमै उक्त कोषका लागि आइसिसीका पदाधिकारीहरूबाट निम्न बमोजिमका प्रतिबद्धताहरूको उदघोष गरियोः

१. शेष घले, अध्यक्ष − २ हजार डलर

२. भवन भट्ट, उपाध्यक्ष − ३ हजार डलर

३. टिबी कार्की, उपाध्यक्ष − २ हजार डलर

४. कुमार पन्त, महासचिव − १ हजार डलर

५. डा. बद्री के.सी., कोषाध्यक्ष − ५०० डलर

६. चन्द्र रोकाहा, मध्यपुर्ब संयोजक −१ हजार डलर

७. मोहन शर्मा, आइसिसी सदस्य – ५०० डलर

जम्मा (हलमै प्रतिबद्धता आएको) रकमः १० हजार अमेरिकी डलर

पहिलो दिनको अन्तमा (राती) कार्यक्रम हलमै नेपाली कलाकाहरूद्वारा सुमधुर सांस्कृतिक कार्यक्रम गरिएको थियो भने भोली पल्ट एनआरएनए मध्यपूर्बको क्षेत्रिय बैठक सकिए पछि बहराइनको मरूभूमिमा रहेको ५६० बर्ष पुरानो रूख (Tree of Life) साथै बहराइन र साउदी अरबलाई जोड्ने समुद्र माथिको निकै लामो पुलसम्म सबै सहभागीहरूलाई घुमाउन लगिएको थियो ।

NRN_meeting-Baharain

प्रतिक्रिया
सम्बन्धित