२९ आश्विन २०८३, बिहिबार

नेपालगन्जको तापक्रम ४२ डिग्री सेल्सियस, लू र घामले मध्य र सदूरपश्चिम प्रभावित

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Nepalgunj

नेपालगन्ज। नेपालको सबैभन्दा अधिक गर्मी हुने स्थान भनेर समेत चिनिने नेपालगन्जमा एक सातादेखि अत्यन्त चर्को घाम र तातो हावा (लू) ले यहाँको जनजीवन प्रभावित भएको छ ।

मध्य तथा सुदूरपश्चिमाञ्चलमा ४२ डिग्री सेल्सियसभन्दा बढी तापमान मापन गरिएको छ । मौसम विज्ञका अनुसार आगामी केही दिनसम्म यहाँको अधिकतम तामक्रम अभैm बढ्नेछ ।

गर्मी महिना सुरु भएयता मध्य तथा सुदूरपश्चिमाञ्चलका तराईका जिल्लामा पानी नपर्नाले पनि नागरिकले चर्को घाम र तातो हावाको नियति भोग्नु परेको हो ।

चर्को घाम र तातो हावासँगै गर्मी बढेपछि यहाँका सरकारी तथा गैरसरकारी कार्यालयमा सेवाग्राहीको उपस्थितिसमेत पातलिएको छ भने बजारमा चिसो पेय तथा खाद्य पदार्थको बिक्री बढेको छ ।

यहाँका बासिन्दाले गर्मीयाममा प्रायः काँक्रो, तरबुजा, खरबुजा, लस्सी, आइसक्रिम, कुल्फीलगायत चिसो पेय तथा खाद्य वस्तु अधिक सेवन गर्ने गर्दछन् ।

गर्मीका कारण घाउखटिरा, आउमासी, टाइफाइड ज्वरो, झाडापखालालगायत सरुवा रोगका बिरामीहरुको चाप पनि स्थानीय अस्पताल तथा स्वास्थ्य संस्थामा बढ्न थालेको चिकित्सकहरु बताउँछन ।

भेरी अञ्चल अस्पताल तथा कोहलपुर शिक्षण अस्पतालमा दैनिक सरदर ७५ जना विभिन्न रोगका बिरामी उपचारार्थ आउने गरेको जनाइएको छ ।

त्यसैगरी, गर्मीमा विद्युत्को खपत अधिक हुन थालेपछि यहाँस्थित नेपाल विद्युत् प्राधिकरणले न्यून भोल्टेजमा विद्युत् आपूर्ति गर्दा खानेपानी संस्थानले वितरण गर्ने खानेपानीको आपूर्तिसमेत प्रभावित भएको छ ।