काठमाडौं । बलिउड डिजाइनर शाइना एनसी र विक्रम फडनीसद्वारा आयोजित एक इभेन्टमा बलिउडका चर्चित नायिकाहरुले गरेको क्याटवक आम दर्शकका लागि कुरा गर्ने माध्यम नै बन्यो। यो र्याम्प शोमा केही नायिकाले आफ्नो सुन्दरतालाई देखाउने मौका पाए भने केही हिड्दा लडे पछि हाँसोको पात्र पनि बने।
र्याम्पमा भेट्रान नायिका साधना र पूनम ढिल्लनले पनि क्याटवक गरेका थिए । तर पूनम चाहिँ क्याटवक गर्दा साडीमा अल्झिएर स्टेजमै लड्न पुगिन् ।
पूनम विक्रम फड्नीसद्वारा डिजाइन गरिएको साडी पहिरिएर र्याम्पमा आएकी थिईन्। उनले र्याम्पमा हिड्न मात्र के शुरु गरेकी थिईन् उनको खुट्टा साडीमा अल्झिएपछि एक्कासी हिँडाईको सन्तुलन बिग्रियो, जसकारण उनी भुइँमै लडिन्। तर दुवै हातले भुइँलाई टेकेर सन्तुलन कायम गर्दै त्यहाँबाट उठेकी थिईन् । उठेपछि उनी पुरा जोशका साथ र्यापमा हिडिन् र दर्शकको तारिफ आफ्नो पक्षमा पारिन्। यो इभेन्टमा रणवीर कपुर, विवेक ओबराय, मनिष पाल, अदिति राय हैदरी, टैरेंस लुइस, रोहित रोय, ज्याकी श्राफ, साक्षी तन्वर, चंकी पाण्डेलगायत सहभागी भएका थिए।
र्याम्पमा क्याटवक गर्दा कपडामा अल्झिएर नायिका लड्ने गरेको घटना नयाँ होइन। यसअघि धेरै बलिउड अभिनेत्रीहरु क्याटवककै समयमा लडेका छन्। बलिउड नायिका सोनाक्षी सिन्हा, सुष्मिता सेन, शजान पद्यमश्री, मिस वल्र्ड र नायिका एशिया पार्वती ओमनाकुट्टम र पाकिस्तानी नायिका रीमा स्टेजमा लड्ने नायिकाको सूचीमा छन्।
र्याम्पमा क्याटवक गर्न कंगना रनावत माहिर मानिन्छिन्। तर विल्स लाइफ स्टाइल फेसन शोमा र्याप गर्दा यी नायिका तीनपटक लर्बराईन्। कंगना क्याटवक गर्न जब स्टेजमा आईन, तब उनको गाउनमा उनी अल्झिईन्। तर उनी सयमित हुँदै स्टेजमा हिँडिन्। अर्की नायिका सोनाक्षी सिन्हा डिजाइनर गैविन मिगुअलको शोमा र्याप शोमा हिड्दा सन्तुलन गुमाएर स्टेजमै लडिन्। बैंङ्लोरको एक होटलमा आयोजित शोमा सोनाक्षी र्याम्पमा क्याटवक गर्न स्टेजमा उक्लने बित्तिकै लडिन् र तुरुन्तै आफैलाई सम्हाल्दै आत्मविश्वासका साथ स्टेजमा हिडिन्। बलिउडकी चर्चित अभिनेत्री श्रीदेवी पनि र्याम्पबाट लड्नबाट बचेकी छिन् । सन् २०१० मा लेक्मी फेसन वीकमा नीता लुल्लाको डिजाइनमा तयार पारिएको पहिरनमा स्टेजमा हिड्दा हिडाईको सन्तुलन नै बिगारिन्।













प्रतिक्रिया