२८ आश्विन २०८३, बुधबार

नम्रता अचानक बिरामी परेपछि…

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

namrata-shrestha

काठमाडौं । सञ्चारकर्मी सुव्रत आचार्यले निर्देशन गरिरहेको फिल्म ‘अधकट्टी’को सुटिङ नायिका नम्रता श्रेष्ठ अस्वस्थ हुँदा रोकिएको छ। फिल्ममा नम्रताको आइटम डान्स छ । पत्थरीको अप्रेसन गरेपछि महिना दिन यता पोखरामा रेष्ट गरिरहेकी उनी हालै काठमाडौं फर्किएकी छिन् । उनी चलचित्र संघको ४२ औं साधारणसभाको कक्टेल डिनर पार्टीमा सहभागी भएकी थिइन्।

निर्देशक आचार्य भन्छन्, “नम्रताको आइटम डान्सबाहेक अरु सुटिङ सकिएको छ। त्यसैले उनी स्वस्थ हुनासाथ सुटिङ गर्छौ।” आइटम गीतको शिर्षक ‘हे नम्रता’ नै रहेकोले पनि निर्माण पक्षलाई उनलाई नै कुर्नुपर्ने बाध्यता छ। प्रदीप के.उदयको निर्माण रहेको यो फिल्ममा गौरव पहारी, गजित विष्ट, अशिष्मा नकर्मी, प्रदीप बाँस्तोलालगाएतका कलाकारको अभिनय रहेको छ । चलचित्रमा राजन इशानको संगीत सुन्न सकिन्छ।