बिहीबार, २७ चैत २०७६
DainikNepal.com
बिहीबार, २७ चैत २०७६

एमाओवादी झगडाभित्रको रहस्य

दैनिक नेपाल २०७१ वैशाख २९ गते २२:५७

Rabindra_Shrestha

एमाओवादीका नेतात्रय प्रचण्ड, बाबुराम र नारायणकाजीबीचको झगडा विराटनगर सम्मेलनमा पुगेर छताछुल्ल भएको छ । प्रचण्डले यसपालि पनि आफ्नो उही पुरानै जालीझेली तरिका अपनाएर नारायणकाजीलाई च्याप्दै वावुरामलाई पछारेका छन् । पहिला कहिले वैद्यलाई च्याप्दै बाबुरामलाई अल्पमतमा पार्ने र कहिले बाबुरामलाई च्याप्दै वैद्यलाई अल्पमतमा पार्दै पार्टीमा आफ्नो नेतृत्व लाद्न सफल हुँदै आएका प्रचण्डले यसपाली नारायणकाजीलाई उपयोग गरे ।

पार्टीमा पहिलो हुने बाबुरामको सपना यसपाली पनि तुहियो । विचरा बाबुरामले सोचेका थिए कि वैद्य फुटेपछि प्रचण्ड कमजोर भएकोले यसपटक आफू पार्टी अध्यक्ष हुन पाइन्छ । तर प्रचण्डले आफ्नो गुटको विस्तार गरेर तथा नारायणकाजी गुटसंग एकता गरेर पार्टीमा आफ्नो बहुमत बनाएर आफू नै अध्यक्ष बन्ने जाली योजना सफल बनाए । नारायणकाजीले प्रचण्डसँग एकता गरेर धोवीघाट गठबन्धन उल्टाएर जानुमा नै आफ्नो भविष्य देखे । बाबुरामलाई भने हिसिलाको शव्दमा जोगी चरित्रले यसपाली पनि धोखा दियो । हिसिलाले एक पटक बाबुरामलाई यो जोगी हुन जानुपर्ने मान्छे किन राजनीतिमा लागेको होला भनेकी थिइन् । तर बाबुरामको जोगी चरित्र उनको एक देखावटी पाटो मात्र थियो । जब धारा ४२० को कुरा आउँछ, बाबुरामको भोगी चरित्र पनि स्पष्ट देखिने हुन्छ । धारा ४२० भन्नाले उनको व्यक्तिगत पद र प्रतिस्ठा तथा स्वार्थका कुराहरू । उनको जोगी चरित्रले गर्दा उनले बेला बेलामा ठूला त्याग र तपस्याका कुराहरू गर्ने गर्छन् । अरु नेता र कार्यकर्ताहरूले ठूलो त्याग र तपस्या गर्नुपर्ने कुरा गर्छन् । यसले गर्दा पार्टी संगठनमा आफ्नो पकड जमाउन अरु नेता कार्यकर्ताहरूलाई जस्तोसुकै तरिकाबाट पनि रक्षा गर्ने र आफ्नो समर्थक बनाइ राख्ने मामिलामा बाबुराम अरु भन्दा पछि परे । ०४७ सालमा बाबुराम पक्षका केन्द्रीय सदस्यहरू उनी सहित पाँच जना थिए– हरिवोल गजुरेल (हाल सभासद), रामकार्की (हाल सभासद), टोपबहादुर रायमाझी र वीनबहादुर कुँवर । त्यसमध्ये हरिवोल, राम कार्की र वीनबहादुर तीनै जनाले दोस्रो विवाह गरेकोले पार्टीबाट कारवाहीमा परे । उनीहरूलाई पुन: पार्टीमा ल्याउन बाबुरामले कुनै पहल गरेनन् तर प्रचण्डले उनीहरूलाई पुन: पार्टीमा ल्याई अहिले दुई जनालाई सभासद समेत बनाए र आगामी दिनमा मन्त्री हुने लाइनमा छन् र दुबैजनाले बाबुरामको गुट छाडे ।

prachanda-baburam

प्रचण्डसँग झगडा हुँदा बाबुरामको पक्षमा लागेका अरु नेता कार्यकर्ताहरूलाई वावुरामले प्रचण्डसंग उनको कुरा मिलेपछि त्यतिकै लावारिस छाडिदिने उनको धोकेबाज चरित्रका कारण आफ्नै गुटका अरु नेता कार्यकर्ताहरूको पनि सधैँ साथ पाउन सकेनन् र उनको गुट पार्टीभित्र कमजोर बन्यो । वैद्य, वावुराम र नारायणकाजीबीच धोवीधाट गठबन्धन भएर बाबुराम प्रधानमन्त्री भएपछि उनले आफूलाई त्यत्रो ठूलो गुण लाउनेहरूलाई धोका दिएर पुन: प्रचण्डको पुच्छर बन्न पुगे र यो नै बाबुरामको अहिलेको पराजयको मूल कारण हो । आफू प्रधानमन्त्री भएपछि बाबुरामले प्रचण्डलाई अध्यक्षबाट त्यतिवेलै हटाएर बैद्यलाई बनाउनु पर्दथ्यो र नारायणकाजीलाई पनि सन्तुलनमा राख्नु पर्दैथ्यो । त्यसो भएको भएपछि पार्टी फुटेको बेला प्रचण्ड धेरै कमजोर भैसक्ने थिए र बाबुराम नारायणकाजीको नयाँ गठबन्धनबाट बाबुरामको पार्टीमा पनि पहिलो बन्ने सपना पूरा हुन्थ्यो । बाबुरामलाई सधैँ साथ दिएका टोपवहादुर रायमाझीले समेत पनि एकपटक भन्नुभएको थियो– मलाई त बाबुरामले रायमाझीबाट माझी मात्रै बनाए, वावुरामलाइ खोला पारि पुर्‍याइयो, प्रचण्डको साथ पाएपछि हामीलाई माझीलाई जस्तै छाडियो । यति मात्र होइन बाबुरामले हिसिलालाई मात्र पद र सुविधा दिए पनि प्रचण्ड संग अनैतिक सम्झौता गर्ने गरेकोले पनि उनलाइ साथ दिने नेता कार्यकर्ताहरू चिढिएकाछन् । गत हेटौडा महाधिवेशन पछि प्रचण्डसंग हिसिलालाई कोषाध्यक्ष र स्थायी समिति सदश्य बनाउने प्रचण्डको प्रस्तावमा सम्झौता गरेर अरुलाई धोखा दिन लाग्दा आफ्नै सहयोगीहरूको विद्रोहको सामना गर्न नसकेर वावुरामले उपाध्यक्ष पदबाट समेत राजीनामा दिन बाध्य भएका थिए ।

वावुराम र प्रचण्डको सम्वन्ध कस्तो होला भन्ने कुरा वैद्य पक्षको असारमा हुने भनिएको राष्ट्रिय सम्मेलनको परिणाममा पनि धेरै हदसम्म भरपर्दछ । वैद्य पक्षमा फुट पैदा भयो र बैद्य वादल एकातिर तथा विप्लवहरू अर्को पार्टी बनाएर फुट्ने भयो भने प्रचण्डले वैद्य वादलसंग एकता गरेर बाबुरामलाई थप एक्ल्याएर दवाव दिनेछन् र त्यसवेला बाबुरामको सामु या त प्रचण्डसंग आत्मसमर्पण गर्ने या अर्को पार्टी वनाउने दवाब वढनेछ । यदि वैद्यको सम्मेलनमा पार्टी नफुटने र विप्लव कामरेडहरू हावी हुने भएमा पार्टी एकता हुने छैन र बाबुरामलाई फकाउन प्रचण्ड बाध्य हुनेछ ।

प्रतिक्रिया
सम्बन्धित