२८ आश्विन २०८३, बुधबार

डेभिड बेकहम मानसिक बिरामी !

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

david_beckham

एजेन्सी । मैदानमा फूर्ति र चुस्तीका साथ खेल्ने बेलायती फुटबल स्टार डेभिड बेकहम ‘अब्सेसिभ कम्पल्सिभ डिस्अर्डर’ नामको मानसिक रोगबाट पीडित रहेको समाचार सार्वजनिक भएको छ ।

भारतीय अनलाईन भास्कर डट कमका अनुसार यस किसिमको मानसिक रोगी आवश्यकताभन्दा बढी बेचैन हुन्छन् । हडबडीमा एउटै कुरा बारम्बार दोहो¥याउछन् । उनीहरू कहिले आवश्यकताभन्दा बढी सरसफाई गर्छन् भने कहिले सेक्स र हिंसाका बारेमा सोच्छन् । बेकहम भने आफ्नो हरेक चिज व्यवस्थित राख्न मन पराउछन् । यहीकारण उनको घरमा तीनवटा फ्रिज छ । एउटा फ्रिजमा खानेकुरा राखेका छन् भने अर्कोमा सलाद र तेस्रोमा ड्रिङसमात्र ।