बिहीबार, २७ चैत २०७६
DainikNepal.com
बिहीबार, २७ चैत २०७६

जोडी ढुकुर देख्दा रुन्छ दमौलीका युवाको मन

दैनिक नेपाल २०७१ वैशाख २८ गते २१:१२

damauli-video

तनहुँ । व्यवसायको क्षेत्रमा निकै फड्को मारेका दमौलीका दुई युवा व्यवसायीहरु तुल्सीराम पाण्डे र श्याम मौरातीले म्युजिक भिडियोमा अभिनय गरेका छन् ।

तनहुँका चर्चित लोक दोहोरी गायक बिन खातीको शब्द र संगितमा उनै खाती र गायिका देवी घर्तीको स्वर रहेको ‘जोडी ढुकुर देख्दा रुन्छ मन, सपनीमा सँगसँगै भएनी बिपनीमा एक्लै हुन्छ मन’ बोलको गितको भिडियोमा पाण्डे र मौरातीे अभिनय गरेका हुन् । उनीहरुलाई म्युजिक भिडियो तथा चलचित्रका नायिकाद्वय खुश्वु खड्का र सगुन शाहीले साथ दिएका छन् ।

उक्त म्युजिक भिडियोको आइतबार मनपाङ गाविस–८ को हर्कपुरमा नेपाल पत्रकार महासंघ तनहुँका अध्यक्ष प्रकाशचन्द्र भट्टराईले सुभमुहुर्त गरे । सो अवसरमा बोल्दै भट्टराईले कलाकारिता र पत्रकारिता एक आपसमा सम्बन्धित रहेको र पत्रकारिताको माध्यमबाट देशको कलाकारिताको विकास गर्नुपर्ने बताए । मौलिक नेपाली गित संगितले आफ्नो कला र संस्कृतिको जगेर्ना गर्ने भन्दै उनले ग्रामिण बस्तीमा गरिएको म्युजिक भिडियोको छायांकनको कारण यस क्षेत्रको पर्यटनको विकास समेत हुने भट्टराईले बताए ।

damauli-video1

आफूमा सानै देखी कलाकारिताको शोख भएपनि व्यापारको कारण हालसम्म यसलाई थाँती राख्नु परेको कलाकार पाण्डेले बताए । व्यास ११ स्थित लुम्बिनी कम्प्युटर इन्स्टिच्युटका प्रोपाइटर पाण्डेले अव व्यवसायलाई निरन्तरता दिँदै आगामी दिनमा कलाकारितालाई पनि अगाडि बढाउने बताए । कलाकारिताको माध्यमबाट समाजसेवा गर्ने आफ्नो सोचाइ रहेको पाण्डेले बताए ।

त्यस्तै अर्का कलाकार श्याम मौरातीले कलाकारिता आफ्नो निकै मन पर्ने क्षेत्र भएपनि हाल सम्म यस क्षेत्रबाट टाढा हुनु परेको बताए । लोक गायक बिन खातीको आग्रहमा आफूले यस म्युजिक भिडियोमा अभिनय गरेको भएपनि अव आफैले यसलाई निरन्तरता दिने बताए । व्यवसायसँगै समाजसेवामा पनि सक्रिय मौरातीले अभिनय गर्नु ज्यादै दुःख भएपनि कलाकारिता आफ्नो नशामा प्रवेश गरिसकेको बताए ।

उक्त म्युजिक भिडियोकी नायिका खुश्वु खड्काले निकै राम्रो गितको यस म्युजिक भिडियोले दर्शकको मन जित्ने बताइन् । ग्रामिण परिवेशमा छायंकन गरिएको उक्त भिडियोले ग्रामणि क्षेत्रसँगै सहरिया बर्गका जनताको पनि मन जित्न सक्ने उनले बताए ।

damauli-video2

अर्की नायिका सगुन शाहीले पनि यस क्षेत्रमा म्युजिक भिडियोको छायांकन गर्न आउन पाउँदा निकै खुसी लागेको बताइन् । ढुवानी, स्टुडेन्ट लाईफ जस्ता चलचित्रकी नायिका शाहीले पनि उक्त गितको भिडियोले दर्शकको मन छुने बताइन् ।

म्युजिक भिडियोका निर्देशक शिव विकले यस क्षेत्रमा म्युजिक भिडियो छायांकनको लागि निकै सम्भावना भएको बताए । नवकलाकार पाण्डे र मौरातीले पहिलो पटक अभिनय गरेको भएपनि उनीहरुको अभिनयमा निकै उत्कृष्ट रहेको बताए । आगामी दिनमा पाण्डे र मौरातीले अभिनयलाई निरन्तरता दिन सके उत्कृष्ट नायक बन्न सक्ने उनले टिप्पणी गरे ।

म्युजिक भिडियोमा रहेको गितका शब्द संकलक, संगितकार एवं गायक बिन खातीले समाजसेवामा सक्रिय पाण्डे र मौरातीको अभिनयको रहर सुनेपछि आफुले सहकार्य गरेको बताए । रेकर्ड भईसकेको यस गित अडियोमा निकै लोकप्रिय भइसकेको भएपनि अव म्युजिक भिडियो निर्माणपछि झन् चर्चित बन्ने गायक खातीले विश्वास गरे ।

प्रतिक्रिया
सम्बन्धित