२८ आश्विन २०८३, बुधबार

कथाले मागेपछि आयुषा राई…

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ayusha-rai-1

नेपाली र्‍याम्प मोडलिङमा चिनिएको नाम हो, आयुषा राई। उनले दर्जनौँ फेसन सोहरूमा क्याटवाक गरेर चर्चा कमाएकी छन्। र्‍याम्प मोडलिङमा जमिसकेपछि केही म्युजिक भिडियोमा पनि मोडलिङ गरनि्। कलाप्रतिको भोक म्युजिक भिडियोले पनि पूरा गर्न नसकेर होला, राईले ठूलो पर्दामा पनि पाइला राखेकी छन्। अराज केशवले निर्देशन गरेको बिर्खेलाई चिन्छस् ? उनको डेब्यु फिल्म हो।

सामाजिक विषयलाई उठाइएको यो फिल्ममा आफ्नो बुलन्द भूमिका रहेको उनी सुनाउँछिन्। यो फिल्मबाट आउने प्रतिक्रियाले उनको फिल्मी करिअर निर्धारण गर्नेछ। सोचेजस्तो प्रतिक्रिया नआए फिल्मभन्दा र्‍याम्प र म्युजिक भिडियोलाई प्राथमिकतामा राख्ने सुरमा छन् उनी। फिल्ममै जम्न सफल हुन्छिन् वा र्‍याम्पमै फर्किनुपर्ला, २० भदौमा फिल्म रिलिज भएपछि नै थाहा हुन्छ।