२८ आश्विन २०८३, बुधबार

ग्राण्ड बैंकका पूर्व सिइओलाई पाँच लाख जरिवाना

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Sudhir-Khatri

काठमाडौं । राष्ट्र बैंकले ग्राण्ड बैंक नेपालका पूर्वप्रमुख कार्यकारी अधिकृत सुधिर खत्रीलाई कारवाहीका लागि सिफारिस गरेको छ ।

राष्ट्र बैंक सुपरिवेक्षण विभागले खत्रीलाई ५ लाख जरिवानासहित कारवाही गर्न सञ्चालक समितिसमक्ष सिफारिस गरेको हो ।

२०६९ पुस मसान्तको बैंकको अपरिस्कृत वित्तीय विवरणका आधारमा राष्ट्र बैंकले गरेको स्थलगत निरिक्षणमा खत्रीले नियमविपरित ऋणीलाई व्यक्तिगत खाताबाट १ करोड ३० लाख २५ हजार रुपैयाँ भुक्तानी गरेको र ऋणीले खत्रीको खातामा ८९ लाख ३० हजार रुपैयाँ जम्मा गरेको तथ्य फेला पारेको थियो ।

केही महिना अघि सिइओबाट राजीनामा दिएका खत्री अहिले अमेरिकामा छन् ।