शनिबार, ३० कार्तिक २०७६
DainikNepal.com
शनिबार, ३० कार्तिक २०७६

गुरुकुल ब्यायज/गल्र्स दुवैतर्फ च्याम्पियन

दैनिक नेपाल २०७१ वैशाख २८ गते ६:३३

8
काठमाडौं । गुरुकुलले मिङ्स केसीएम बास्केटबल बासमा दोहोरो उपाधि जितेको छ ।

ग्वार्कोस्थित आयोजक काठमाडौं कलेज अफ म्यानेजमेन्ट (केसीएम) को कोर्टमा भएको ब्वाइज फाइनलमा गुरुकुलले क्यापिटल कलेज एन्ड रिसर्च सेन्टर (सीसीआरसी) लाई ६०–४५ ले पराजित ग-यो । गुरुकुलको जितमा रोविन खत्री (मेट्रो) ले ३० अंक योगदान गरे ।

गल्र्समा गुरुकुलले प्राइमलाई ३२–२९ को साँघुरो अन्तरले हरायो । गुरुकुलकी ज्ञानु गौचनले १२ स्कोर गरिन् । रोविन र ज्ञानु आ–आफ्नो विधामा ‘मोस्ट भेलुएबल प्लेयर’ चुनिए । अप्रिल २६ तारिखदेखि सुरु भएको प्रतियोगिताअन्तर्गत ब्वाइजमा २४ र गल्र्समा ८ टिम सहभागी थिए ।

प्रतिक्रिया
सम्बन्धित