२८ आश्विन २०८३, बुधबार

राजेश हमालको बिहे जेठ १४ मा पक्का

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

rajesh_hamal_Madhu

अन्तत: लामो समयको प्रतिक्षा पश्चात नायक राजेश हमालले बिहे गर्ने पक्का भएको छ । फाल्गुनमा बिहे गर्ने बताएपनि हमालले विविध कारणले गर्दा नसकेको बताएका थिए ।

जेठ महिनामा बिहे हुने खबर बाहिर आएपनि मिति तय भएको थिएन । अन्तत प्रेमिका मधु भट्टराइसँग हमालको बिहे जेठ १४ गते हुने पक्का भएको छ ।

हमालको बिहेका लागि उनका दिदीहरु अर्को साता नेपाल आउँदैछन् । हमालको बिहेमा बोलाउने १ सय जना पाहुनाको नाम पनि पक्का भैसकेको बताइएको छ । यसमा विशिष्ट व्यक्तीदेखि सिनेकर्मीसम्म छन् ।

यसका लागि हमाल र मधु तयारीमा पनि लागिसकेको बताइन्छ । हमालले बिहे लगतै एक पार्टी प्यालेसमा भव्य बिहे भोज दिने तयारी पनि गरेका छन् । तर बिहे भने सामान्य हुने बताइएको छ । मंगलबार उनले प्रेमिका मधु भट्टराइलाई सार्वजनिक गर्दै प्रपोज पनि गर्ने तयारी गरेका छन् ।