आइतबार, ३ कार्तिक २०७६
DainikNepal.com
आइतबार, ३ कार्तिक २०७६

बाघमारामा ‘गैँडाकप फुटबल’

दैनिक नेपाल २०७१ वैशाख २६ गते १०:३१

football

चितवन । आन्तरिक पर्यटन प्रवद्र्धन तथा दुर्लभ वन्यजन्तु संरक्षण गर्ने उद्देश्यका साथ चितवनको सौराहामा प्रथम गैँडाकप आमन्त्रित जिल्लास्तरीय नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ ।

विभिन्न क्षेत्रका १५ वटा क्लब आबद्ध युवा समाज सौराहाले प्रतियोगिता आयोजना गरेको हो । बाघमारा सामुदायिक वनको चौरमा प्रतियोगिताको बिहीबार उद्घाटन गर्दै चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत कमलजंग कुँवरले फुटबलको माध्यमबाट पनि संरक्षणका गतिविधि अगाडि बढाउन सकिने बताउनुभयो ।

प्रतियोगिताको उद्घाटन खेलमा आयोजक युवा समाज सौराहा विजयी भएको छ । सौराहाले गैँडाकोट फुटबल क्लबलाई ६–२ गोल अन्तरले पराजित गरेको हो । चार गोल गर्न सफल सौराहा युवा समाजका ७ नम्बर जर्सीका सुमन लामा म्यान अफ दि म्याच बने ।

प्रतियोगितामा आज त्रिवेणी युथ क्लब मुग्लिन र योङ स्टार क्लब कावासोतीबीच प्रतिस्पर्धा हुने कार्यक्रम संयोजक श्रीलाल परियारले जानकारी दिनुभयो ।

प्रतियोगिता जेठ ५ गतेसम्म चल्नेछ । प्रतियोगिताका विजेताले रु एक लाख ११ हजार १११ नगदसहित गैँडाको मूर्ति पुरस्कार पाउने छ भने दोस्रोलाई रु ५५ हजार ५५५ सहित गैँडाको मूर्ति पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।

फुटबल प्रतियोगिताबाट बचत रकमले यहाँको संरक्षण कार्यमा सहयोग गर्ने युवा समाज सौराहाले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित