२८ आश्विन २०८३, बुधबार

उच्चमाध्यामिक स्तरिय खेलकुदमा चार खेल

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

HSEBकाठमाडौं । विद्यालय खेलकुद विकास बोर्डको १३ औं बैठकले उच्च माध्यामिकस्तरीय खेलकुद गर्ने निर्णय गरेको छ । राष्ट्रिय खेलकुद परिषद्को दशरथ हलमा बिद्यालय खेलकुद बिकास बोर्डका अध्यक्ष युवराज लामाको उपस्थितिमा बुधवार सम्पन्न बैठकले उक्त निर्णय गरेको हो ।

राष्ट्रिय खेलकुद परिषद्को सहयोग, विद्यालय खेलकुद बिकास बोर्डको तत्वावधान तथा हिसानको आयोजनामा असारमा हुने खेलकुद महोत्सवमा क्रिकेट, बास्केटबल, टेबलटेनिस र बुद्धिचाल गरी चार खेल समाबेश गरिएको छ ।

सभासद् एवंम एन प्याब्सनका अध्यक्ष गीता राना, हिसानका अध्यक्ष उमेश श्रेष्ठ, उपाध्यक्ष रमेश सिलवाल, सचिव बुद्धी पुडासैनी, एन प्याब्सनका महासचिव ऋतुराज सावकोटालगायतको उपस्थितिमा हप्ताको एक दिन स्कुलहरुमा अनिवार्य खेलकुद गतिवीधि संचालन गर्ने निर्णयलाई तदारुकताका साथ कार्यान्वयन गर्ने निर्णय गरेको छ ।

जेठ ७ गते बस्ने चौथो बैठकले प्रतियोगिताको मिति समेत तय गर्ने छ । बैठकमा स्कुल र क्याम्पसको पुस्तकमा खेलकुदको पाठेक्रम राख्ने सम्वन्धमा पनि छलफल भएको थियो ।