२९ आश्विन २०८३, बिहिबार

बाबुलाई मानसरोवर घुमाउन भट्टराई चीनतिर

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Baburam-Bhattarai

काठमाडौ । एकीकृत नेकपा माओवादीका नेता डा बाबुराम भट्टराई धार्मिक भ्रमणका लागि चीन प्रस्थान गर्नुभएको छ ।

बिहान ११ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट चीनको छेन्दु उड्नुभएका पूर्वप्रधानमन्त्री डा भट्टराईका साथमा बुवा भोजप्रसाद, पत्नी हिसिला र छोरी मानुषी पनि हुनुहुन्छ । भ्रमणका क्रममा उहाँहरुले प्रसिद्ध तीर्थस्थल मानसरोवरलगायत चीनका विभिन्न स्थानको अवलोकन गर्ने कार्यक्रम छ ।

डा भट्टराईलाई बिदाइ गर्न चीनका लागि नेपाली राजदूत उ चुन्ताईसहित उहाँ निकट नेता कार्यकर्ता विमानस्थल पुग्नुभएको थियो । उहाँ एक हप्ता चीनमा रहने बताइएको छ ।