२८ आश्विन २०८३, बुधबार

अफ्गानिस्तानसँग नेपाल भारी रनले पराजित (फोटो फिचरसहित)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ICC-Cricket

काठमाडौं । एसीसी प्रिमियर लिगमा नेपाल १०८ रनको भारी अन्तरले पराजित भएको छ ।

अफ्गानिस्तानले दिएका २ सय ६३ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित समयमा भेटाउन सकेन ।

मलेसियाको क्वालालम्पुरमा बुधबार भएको खेलमा नेपाल १ सय २८ रनमै समेटियो । नेपालको ९ विकेट खसेको थियो । सुरुवाती खराब प्रदर्शन गरेका नेपाली ब्याट्सम्यान सस्तैमा आउट भए ।

नेपाललाई हराएसँगै आफ्गानिस्तान एसीसी प्रिमियर लिगको विजेता बनेको छ ।

बर्षाका कारण अबरुद्ध म्याच १५ ओभरमा घटाइएको थियो । डकवर्थ लुइस पद्धति अनुसार नेपाल ३५ ओभर मात्रै खेल्यो ।

अफ्गानिस्तानका खेलाडीहरु ४९ दशमलव ३ ओभरमा अलआउट भएका थिए । टस हारेर ब्याटिङमा उत्रिएको आफ्गानिस्तानका सुरुवाती ब्याट्सम्यानले राम्रो स्कोर खडा गरे । उनीहरुको छक्का र चौकाको बर्षाले आफ्गानिस्तानले २ सय ६२ रनको भारी स्कोर बनाए ।

अफ्गानिस्तानले टी–ट्वान्टी विश्वकप क्रिकेट–२०१४ को बदला नेपालसँग लिएको छ । नेपालले टी–ट्वान्टीमा आफ्गानिस्तानलाई पराजित गरेको थियो ।

नेपालका तर्फबाट शक्ति गौचन र बसन्त रेग्मीले तीन–तीन विकेट झारे । आरिफ शेखले दुई तथा सोमपाल कामी र राजकुमार प्रधानले एक–एक विकेट लिए ।

सुवास खकुरेलले आठ, नरेश बुढाएरले १०, ज्ञानेन्द्र मल्ल ११, पारस खड्का ३३, शरद भेषवाकर शून्य, विनोद भण्डारी ५, आरिफ शेख १, बसन्त रेग्मी ८, शक्ति गौचन १९, सोमपाल कामी नटआउट १९ र राजकुमार प्रधान नटआउट २ रन बनाए । नेपालले १२ रन एक्ट्रा पाएको थियो ।

अफ्गानिस्तानकाका तर्फबाट उसमान घानी र हसमाथुल्ला शाइदीले ५१÷५१ रनको योगदान दिए । घानीले आठ चौका र २ छक्का प्रहार गरे । कसिलो बलिङ गरेको आफ्गानिस्तानले नेपाललाई लक्ष्य भेटाउन दिएन ।

यसअघि नेपालले हङकङ, यूएइ तथा आयोजक मेलिसयालाई पराजित गरेको थियो । नेपाल ओमान र अफ्गानिस्तानसँग पराजित भयो ।

ICC-Cricket5ICC-Cricket4