२८ आश्विन २०८३, बुधबार

म्युजिक भिडियो लिएर आइन प्रचण्डकी नातिनी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Smita-dahal

नेपाली सुगम संगीतमा दिनानुदिन नयाँ अनुहारको प्रवेश गर्ने क्रम बढ्दो छ । यही क्रममा नवगायिका इस्मिता दाहालले पनि नेपाली सांगीतिक क्षेत्रमा आफ्नो पाइला अगाडि बढाएकी छन्।

एनेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) की नातिनी इस्मिताले गाएको ‘प्रिय तिम्रो’ बोलको गीतमा नायिका प्रियंका कार्की र नायक रेश मरहठ्ठाले रोमान्स गरेका छन् । प्रसन्न पौडेलले निर्देशन गरेको उक्त भिडियो सांग्रिला होटल र होटल र्‍याडिसनमा छायांकन गरिएको हो।

दुई प्रेमीबीचको आपसी असमझदारीलाई झल्काइएको भिडियो राम्रो बनेको निर्देशक पौडेलले बताए। निर्देशक पौडेलद्वारा निर्देशित र प्रियंका र रेश अभिनित फिल्म ‘मेरो वेष्ट फ्रेण्ड’ आगामी जेठ ९ गते रिलिज हुँदैछ।