गुल्मी । जिल्ला प्रहरी कार्यालय गुल्मीले घरेलु मदिरा नष्ट गरेको छ ।
सदरमुकाम तम्घास बजारमा दोस्रो चरणमा गरिएको अनुगमनबाट मंगलवार बरामद गरेको २ सय लिटर भन्दा बढी घरेलु मदिरा र ४ सय किलो मदिरा बनाउन प्रयोग रिने कच्चका पदार्थ प्रहरीले बुधवार बिहान प्रहरी कार्यलय परिसरमा नष्ट गरेको हो । मंगलवार जिल्ला प्रहरी कार्यलय गुल्मीको बिषेश टोलीले सदरमुकाम तम्घासको बजारको बिभिन्न ठाउमा छापा हानेर उक्त मदिरा मरामद गरेको थियो । बरामद मदिरा तथा कच्चा पदार्थ प्रहरीले बुधबार पकार सम्मेलन गरी एक कार्यक्रमबीच नष्ट गरेको छ ।
पछिल्लो समयमा गुल्मी जिल्लामा प्रहरीले घरेलु मदिरा नियन्त्रण गर्न लागि परेको छ । मदिराले झैझगडा लगायत अन्य बिभिन्न खालका नकारात्मक समस्याहरु उत्पन्न गराउने भन्दै प्रहरीले अहिले घरेलु मदिरा नियन्त्रण गर्न लागेको जिल्ला प्रहरी कार्यलय गुल्मीका प्रहरी प्रमुख प्रहरी नावय उपरिक्षक राजकुमार लम्सालले जानकारी दिनुभएको छ ।
सहायक प्रमुख जिल्ला अधिकारी बिष्णुबहादुर घर्ती, उद्योग बाणिञ्य संघ गुल्मीका सचिव बिरेन्द्र भुसाल, पत्रकार महासघंका अध्यक्ष नवराज भुसाल तथा क्रियाशिल पत्रकारहरुको उपस्थितिमा बरामद मदिरा नष्ट गरिएको थियो ।












प्रतिक्रिया