बिहीबार, २८ कार्तिक २०७६
DainikNepal.com
बिहीबार, २८ कार्तिक २०७६

राजेशसँग कति छ सम्पत्ति ?

दैनिक नेपाल २०७१ वैशाख २३ गते १५:३९

Rajesh-Hamal

काठमाडौं । चलचित्र क्षेत्रमा चलेको नाम हो, राजेश हमाल । साना बालबालिकादेखि बुढापाकाले समेत चिन्ने नाम ।

पहिलो चलचित्र “युग देखी युगसम्म” बाट कलाकारिता हात हालेका हमालले यस क्षेत्रमा झण्डै ३ दशक विताइसकेका छन् । उनीसँगै कलाकारितामा हात हालेका नायक भुबन केसी, शिव श्रेष्ठ, रमेश उप्रेती, श्रीमान्त उदास, धिरेन शाक्य, दिनेश शर्मा जस्ता नायकहरु नेपाली चलचित्रहरुमा देखिन छोडे । उमेरले ५० नाघिसकेका हमाल अहिले पनि चलचित्रहरुमा युवककै भुमिकामा खेल्ने गरेका छन् । चलचित्रहरुमा एक्सन सिनमा बढि देखिने हमाल प्रायः सबै नायक नायिकाहरुसँग चलचित्रमा खेलिसकेका छन् । यतिका बर्ष एक्लै जिन्दगी चलाएका हमालले विवाह गर्ने कुरा धेरै बर्ष देखि चल्दै आएको पनि छ । गत फागुन महिनामा ७ बर्ष अघि देखिकी प्रेमीका मधु भट्टराईसँग विवाह बन्धनमा बाधिने बताइए पनि विवाह भने हुन सकेन । सानै देखि हमालकी फ्यान रहेकी मधुले नै हमाललाई प्रेम प्रस्ताब राखेको बताइएको छ ।

अविवाहित राजेशले अहिले आफनै कमाइबाट धेरै सम्पत्ति पनि जोडिसकेका छन् । झण्डै ३० दशकको चलचित्र यात्रामा सयौँ चलचित्रमा अभिनय गरिसकेका हमालले एउटा चलचित्रमा अभिनय गरे बापत ५ लाखसम्म लिने गरेका छन् । काठमाडौंमा आफनै कमाइबाट घर बनाएका हमालसँग अहिले २ बटा निकै महंगा गाडी पनि छन् । राजेशसँग पैसा कति छ त ? उनको जबाफ छ, ‘आफू पुग्ने पैसा कमाइसके ।’

प्रतिक्रिया
सम्बन्धित