शुक्रबार, २९ कार्तिक २०७६
DainikNepal.com
शुक्रबार, २९ कार्तिक २०७६

सर्लाहीमा गोली हानाहान, १० जना घाइते

दैनिक नेपाल २०७१ वैशाख २३ गते १४:५३

goli-prahar

सर्लाही । सर्लाहीको हरकठ्वा गाविस- १ मा दुई पक्षबीच गोली हानाहान हुँदा १० जना भन्दा बढी घाइते भएका छन् । घाइते मध्ये पाँच जनाको अवस्था गम्भीर रहेको छ ।

गएराति स्थानीय रामआश्रेय साह र देवी सिंहबीच भएको विवादले उग्ररुप लिएपछि दुवै पक्षबाट गोली प्रहार भएको थियो । गोली लागेर हरकठवा गाविस १ का ३६ वर्षीय विजयकुमार सिंह, ३९ वर्षीय रामबाबु सिंह, २७ वर्षीय राहुलकुमार सिंह, हरकठवा गाविस ३ का २५ वर्षीय मिलनप्रसाद सिंह र हरकठवा गाविस २ का २४ वर्षीय रितेशकुमार सिंह गम्भीर घाइते भएका छन् ।

गम्भीर घाइते मध्ये मिलनप्रसादको शरीरका विभिन्न भागमा गोली लागेकोले अवस्था निकै चिन्ताजनक रहेको छ । गम्भीर घाइते मध्ये केहीको वीरगञ्जस्थित क्षेत्रीय अस्पताल र केहीको भरतपुर अस्पतालमामा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर पृथ्वीनारायण ओलीले बताए । अन्य घाइतेहरू मध्ये धनकौलका सिकेन्द्र पासवान लगायतको जिल्ला अस्पताल मलंगवामा उपचार भइरहेको छ ।

घटना लगत्तै जिल्ला प्रहरी कार्यालय मलङ्गवाबाट इन्स्पेक्टर नरेशकुमार सिंहको नेतृत्वमा गएको प्रहरी टोलीले देवी सिंह र रामआश्रेयका छोरा कमलेश भनिने २४ वर्षीय विमलेस साहलाई वैशाख २२ गते राती गिरफ्तार गरेको छ । घटनाको बारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय जनायो ।

प्रतिक्रिया
सम्बन्धित