बिहीबार, २ साउन २०७६
DainikNepal.com
बिहीबार, २ साउन २०७६

कुकुरको व्यापार उल्लेख्य

दैनिक नेपाल २०७१ वैशाख २३ गते ७:३३

Dog 1काठमाडौं । घरपालुवा जनावरका रुपमा पालिने कुकुरको व्यापार नेपालमा उल्लेख्य बढेको छ । राजधानीमा सञ्चालित ३ दर्जन केनल क्लबबाट वाषिर्क ४ करोड बरारबरका कुकुर बिक्री हुने गरेका छन् ।

रोयल केनल क्लबका सञ्चालक केशरसिंह केसीका अनुसार कुकुर व्यापार राजधानीमा सबैभन्दा धेरै छ । मोफसलका सहरमा वाषिर्क करिब १ हजार ५ सय कुकुर बिक्री हुने गरेका छन् । ‘कुकुरलाई घरको सुरक्षासँगै सोखका रुपमा पाल्ने धेरै छन्,’ केसी भन्छन्, ‘यो संख्या अहिले धेरै बढेको छ ।’ विदेशी कुकुरलाई स्वदेशमा ब्रिडिङ गरेर बच्चा उत्पादन गर्न थालिएपछि आयात घटेको उनले बताए ।

नेपालमा बिक्री हुने ९० प्रतिशत कुकुर स्वेदशमा ब्रिडिङ गरिएका हुने माउन्ट एभरेस्ट केनल क्लबका सेल्स अफिसर विष्णु पौडेल बताउँछन् । उनका अनुसार यस्ता कुकुरको मूल्य ५ हजारदेखि ५० हजार रुपियाँसम्म छ । ‘कतिपय ग्राहकले राम्रो खालका कुकुर माग गरे विदेशबाट आयात गर्छौ,’ उनले भने ‘त्यस्ताको मूल्य १ देखि डेढ लाखसम्म पर्छ ।’ करोवार दैनिकबाट

प्रतिक्रिया
सम्बन्धित